बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

बोको हरामको नयाँ भिडियोमा हराएका स्कुले छात्रा

दैनिक नेपाल २०७१ वैशाख ३० गते ६:३५

Boko Haramलागोस । बोको हरामले सोमबार सार्वजनिक गरेको एक नयाँ भिडियोमा देखाइएका बालिका नाइजेरियाका स्कुले छात्रा भएको, उनीहरुको धर्म इस्लाममा परिणत गरिएको र आफ्ना सबै लडाकू बन्दीलाई रिहा नगरेसम्म उनीहरुलाई पनि मुक्त नगरिने दाबी गरेको छ ।

सत्ताइस मिनेटको यस भिडियोमा यस समूहका नेता अबुबाकर सेकाउले बोलेका छन् । भिडियोमा मुसलमान पहिरनमा बालिकालाई अज्ञात स्थलमा प्रार्थना गरिरहेको देखाइएको छ र सेकाउले यी तिनै बालिका भएको दाबी गरेका छन् ।

नाइजेरियाको बोर्नो राज्यको चिबोक नगरबाट अप्रिल १४ मा २७६ बालिकालाई अपहरण गरिएको थियो । प्रहरीले २२३ बालिका अझै हराइरहेको जानकारी दिएको छ ।
यस भिडियोमा १३० बालिकालाई कालो तथा खैरो रङमा पुरै ढाकिने लुगा लगाइएको र रुखहरु नजिकै मुसलमानको धार्मिक पुस्तक कुरानको पहिलो परिच्छेद पढिरहेको देखाइएको छ । साथै उनीहरुले प्रार्थना गरेको देखाइएको छ ।

भिडियोमा तीन बालिकासँग अन्तर्वार्ता लिइएको छ र दुईले आफूहरु इसाइ भएको र उनीहरुको धर्म परिवर्तन गरिएको बताएका छन् । एक बालिकाले मात्र आफू मुसलमान भएको बताएकी छन् ।

उनीहरुले आफूले इस्लाम धर्म मानेको बताएका छन् भने उनीहरु तनावमा रहेको अनुभव गर्न सकिन्छ । भिडियोमा देखाइएका बालिका शान्त देखिएका छन् र उनीहरुमध्ये एकले आफूलाई हानि नपु-याइएको जानकारी दिएकी छन् । यो भिडियो कहिले खिचिएको भन्ने सङ्केत देखिँदैन । एक स्थानमा एक बन्दुकधारीलाई समेत देखाइएको छ ।
बोको हरामले सन् २००९ देखि नाइजेरियाको मुसलमान बाहुल्य भएको उत्तरी क्षेत्रमा घातक विद्रोह आरम्भ गरेको छ । उनीहरुले पश्चिमी शिक्षा प्रदान गर्ने विद्यालय, चर्च तथा सरकारी लक्ष्यहरुमा आक्रमण गरिरहेका छन् ।

यस समूहले यस वर्ष मात्र एक हजार पाँच सय व्यक्तिको हत्या गरेको देखिएको छ र दसौँ हजार व्यक्ति आफ्नो घरबाट विस्थापित भएको बताइएको छ ।

नाइजेरियाली सरकारले यी बालिका अपरहणका विषयमा तत्काले कुनै प्रतिक्रिया व्यक्त नगरेको भनी आलोचना गरिएको छ र यसको अन्तर्राष्ट्रियस्तरमा विरोध भएको छ । सेकाउले यी बालिकालाई दासी बनाइ बेचिदिने बताएपछि यसको अन्तर्राष्ट्रिय रूपमा भत्र्सना भएको र नाइजेरिया सरकारले त्यसपछि पाइला लिएको देखिएको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित