काठमाडौं । कार्यतालिकाअनुसार अघि बढ्न नसके समयमा संविधान जारी गर्न नसकिने भन्दै बेलाबेला शीर्ष नेतालाई सचेत गराउने सभासदहरू नै अहिले संविधान निर्माणको काम छाडेर विदेश भ्रमणमा जान थालेका छन् ।
संविधानसभाका समितिहरू सक्रिय हुने बेला संविधान निर्माणमा व्यस्त रहनुपर्ने सभासद विदेश जान थालेका हुन् । संसद सचिवालय स्रोतअनुसार विभिन्न बहानामा विदेश भ्रमणमा गएका र जाने क्रममा रहेका सभासद संख्या ५० भन्दा बढी छ । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टर्राइबाहेक कसैले पनि सचिवालयमा औपचारिक जानकारी गराएका छैनन् ।
संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा छन् । उनीसँगै सभासदद्वय शत्रुघन महतो र मदनकुमारी शाह ९गरिमा० पनि चीन भ्रमणमै छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओली भने उपचार क्रममा थाइल्यान्डमा छन् ।
एमालेका सचिव एवम् संविधान अभिलेखन तथा अध्ययन निक्र्योल समितिका सभापति विष्णु पौडेलले भने संविधान निर्माणको महत्वपूर्ण काम भन्दै विदेश भ्रमण रद्द गरेका थिए । उनलाई पनि अध्यक्ष खनालसँगै चीन भ्रमणको निमन्त्रणा गरिएको थियो । कांग्रेसका धनराज गुरुङ र नेकपा एमालेका रवीन्द्र अधिकारी गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय भेलामा सहभागी हुन बहराइन पुगेका छन् ।
कांग्रेस, एमाले, एकीकृत माओवादीसहित साना दलका सभासद पनि विदेश भ्रमणमा रहेको सचिवालय स्रोतले जनायो । कांग्रेसका ९ सभासदलाई जेठ ७ देखि १६ गतेसम्म चीन भ्रमणको निम्तो आएको छ । चीनको आर्थिक तथा औद्योगिक विकास अवलोकनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय समितिको निमन्त्रणमा ९ सभासद त्यसतर्फ जान लागेको कांग्रेस पार्टी कार्यालय सानेपाले संसद सचिवालयलाई जानकारी गराएको छ ।
कांग्रेसका लक्ष्मी राई, सुधीरकुमार सिवाकोटी, तारामान गुरुङ, अब्दुल रजाक गद्धी, लालबाबु सिंह, कल्पना सोप, चन्द्रबहादुर कुँवर, रामचन्द्र यादव र संगीता मण्डल चीन जान लागेका हुन् । उनीहरूसँगै अन्य दलका सभासदसमेत जाने तयारी भए पनि निर्णयबारे जानकारी नआएको स्रोतले जनायो । नागरिक दैनिकबाट











प्रतिक्रिया