काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मेगा शेयरधनी बचत खाता संचालनमा ल्याएको छ ।
मेगा बैंकका १ लाख ४५ हजार साधारण शेयरधनीलाई लक्षित गरी यो खाता संचालनमा ल्याइएको सिइओ अनिल केशरी शाहले बताउनुभयो । साधारण शेयरधनीकै माग बमोजिम ल्याइएकाले यो खाता लोकप्रिय हुने सिइओ शाहको विश्वास छ ।
यो खाता खोल्दा शेयर बापत प्राप्त हुने नगद लाभांश सिधै शेयरधनी खातामा जम्मा गरिने बैंकले जनाएको छ ।
यसैगरी, निशुल्क अनलाइन बैंकिङ सुविधा, एससीटी डेबिट कार्ड, चेकबुक, एकाउन्ट स्टेटमेन्टका साथै मोबाइल बैंकिङ पनि यस खाताबाट प्राप्त गर्न सकिनेछ । मेगा बैंकका देशभर छरिएका २८ वटा शाखाबाट यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।
“हलोदेखि हाइड्रोसम्म” लाई मुख्य नारा बनाएको मेगा बैंकले आगामी दिनमा पनि यस्तै लोकप्रिय खाता संचालनमा ल्याउने तयारी गरेको छ ।












प्रतिक्रिया