शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

युक्रेनको पूर्वी भागमा जनमत सङ्ग्रहपूर्व तनाव वृद्धि

दैनिक नेपाल २०७१ वैशाख २८ गते ६:३९

Ukrenदोनेत्स्क (युक्रेन) । युक्रेनको पूर्वी भागमा विद्रोहीले रेडक्रसका कर्मचारीहरूलाई गुप्तचर भएको आशङ्कामा केही समयका लागि आफ्नो नियन्त्रणमा लिएका छन् भने त्यहाँ विद्रोहीले गर्ने भनिएको जनमत सङ्ग्रहभन्दा एक दिनअगाडि तनाव बढिरहेको छ ।

दुई क्षेत्र दोनेत्स्क तथा लुगान्स्कमा जनमत सङ्ग्रहको तयारी पूर्ण रूपमा भइरहेको छ । दक्षिणी मारियुपोल नगरमा शुक्रबार २१ व्यक्तिको मृत्यु भएपछि शोक मनाइएको छ ।

यी दुई क्षेत्रले जनमत सङ्ग्रहपछि रसियामा समावेश हुने विश्वास पश्चिमी मुलुकले गरेका छन् । शीतयुद्धपछि मस्को र पश्चिमी मुलुकबीचको सम्बन्ध सबैभन्दा तनावपूर्ण बनेको छ र मतदानपछि यो अवस्था अझै नराम्रो हुने अनुमान गरिएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जेनेभामा दोनेत्स्कका चार, किभका चार र स्विजरल्यान्डका एक गरी आफ्ना नौ कर्मचारीलाई केही घण्टासम्म नियन्त्रण गरिएको र उनीहरूलाई कुनै क्षति नपु¥याइ मुक्त गरिएको जानकारी दिएको छ ।

युक्रेनको कुल जनसङ्ख्या चार करोड ६० लाख रहेको छ र यी दुई क्षत्रको जनसङ्ख्या ७३ लाख रहेको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले यस जनमत सङ्ग्रह रोक्न तथा सङ्कट मत्थर हुन दिन गर्नुभएको आग्रहलाई विद्रोहीहरूले अस्वीकार गरेका छन् ।

आइतबारको जनमत सङ्ग्रहमा मतदातालाई उनीहरू स्वतन्त्र जनगणतन्त्र स्थापनाको पक्षमा छन् वा छैनन् भन्ने प्रश्न गरिनेछ । यसलाई धेरैले रसियासँग मिलान हुने पूर्व कार्यको रूपमा लिएका छन् । क्राइमियामा पनि यस्तै घटना भएका थिए ।

दोनेत्स्कको पृथकतावादी प्रमुख डेनिस पुसिलिनले यी दुई क्षेत्रका ९० प्रतिशत भागमा जनमत सङ्ग्रह गरिने र ६० प्रतिशत मतदाता उपस्थित हुने बताएका छन् । एएफपी

प्रतिक्रिया
सम्बन्धित