२८ आश्विन २०८३, बुधबार

१५७ वर्षअघि डुबेको जहाजबाट सुन झिकियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sheep

न्यूयोर्क ।  सन् १८५७ सेप्टेम्बरमा एसएस सेन्ट्रल अमेरिका नामक पानी जहाज पनामाबाट न्यूयोर्क आइरहेको थियो। दक्षिण कारोलिनादेखि २५७ किलोमिटर टाढा आइपुग्दा आँधीमा परेर आन्द्र महासागरमा डुब्यो। त्यसमा सवार ५ सय ३८ यात्रु र १४ हजार किलो सुन थियो। ती मध्ये ४ सय २५ यात्रुको मृत्यु भयो। त्यती धेरै सुन पनि समुद्रमै हरायो।

पत्याउनुहुन्छ? त्यही सुनमध्ये १३ लाख अमेरिकी डलर बराबरीको करिब साढे २८ किलो केही दिनअघि निकालिएको कान्तिपुरमा खबर छ।

पचासी मिटर लामो पानीजहाज अति धेरै परिणाममा बहुमूल्य धातुसहित डुबेपछि त्यसलाई सुनको जहाज भन्न थालियो। त्यसमा लादिएका सुनका सिक्का र फग्ल्याटा समुद्रमा हराएपछि आर्थिक संकट सुरु भएको थियो। जब कि न्यूयोर्कमा आर्थिक संकटको सामना गरिरहेका बैंकहरुलाई सहयोग गर्न त्यती धेरै सुन झिकाइएको थियो। उक्त दुर्घटनाको १ सय ३१ वर्षपछि सन् १९८८ मा समुद्री विज्ञ टाम्स टाम्सनले जहाज पत्ता लगाए। उनले नै सुन खोज् अभियान सुरु गरे।

जहाजको भग्नावशेषबाट ३ हजार किलो सुन, केही चादी र कलात्मक सामाग्री निकाले। यो खोज परियोजनामा लगानी गर्ने १ सय २९ कम्पनीले टाम्सले आफूहरुलाई केही नदिएको आरोपसमेत लगाए। त्यसको २६ वर्षपछि अर्थात दुर्घटनाको १ सय ५७ वर्षपछि फेरि ठूलो मात्रामा सुन फेला पर्‍यो। अझै ठूलो मात्रामा भेट्न बाँकी छ।