२८ आश्विन २०८३, बुधबार

जण्डिसबाट ६ को मृत्यु, एक हजार उपचाररत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jandisकाठमाडौं । विराटनगर उपमहानगरपालिकाको विभिन्न ठाउमा फैलिएको जण्डिसवाट हाल सम्म ६ जनाको मृत्यु हुनुको सँगै विभिन्न अस्पतालहरुमा करिव एक हजार  प्रभावित विरामीको उपचार भई रहेको छ ।

बोलचालको भाषामा जण्डिस भनिने हेपाटाईटिस ए र इको संक्रमण दुषित पानी र खाद्य पदार्थको माध्यमले हुने गर्छ । हेपाटाईटिस ए र ई मा आखा र छाला पहेलो हुनु (जन्डीस), थकाई लाग्नु, पेट दुख्नु, खाने रुचीमा कमी, वाकवाकी लाग्नु, वान्ता हुन, झाडा पखाला लाग्नु, मध्यम ज्वरो आउनु, टाउको दुख्नु जस्तो लक्षण देखिन्छन । जवकी केहि व्यक्तिमा लक्षण नदेखिन पनि सक्छ ।

‘वैशाख यता जडिस भएकाहरु एक हजार पुगेका छन भने ६ जनाको मृत्यु भएको छु, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वावुराम मरासिनिले शुक्रवार भने, ‘प्रभावित व्यक्तिहरुको रगत परिक्षण गर्दा धेरै जसो विरामीलाई हेपाटाईटिस ‘इ’ र केहिमा हेपाटाईटिस ‘ए’ देखिएको छ ।’ पानीजन्य रोग हेपाटाईटिस इ र ए भाइरस वाट लाग्ने रोग भएको हुदा यसको प्रभावकारी उपचार र खोप छैन ।

जडिस प्रभावितहरुको हाल कोशी अंचल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोवेल मेडिकल कलेजे लगायतका ठाउमा भई रहेको इपिडिमियोलजीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को अनुसार हेपाटाईटिस ए र इ को पानी र खाद्य पदार्थको स्वक्षता ले गर्दा संक्रमण हुने भएकोले रोगवाट वाच्न यसलाई नियन्त्रण गर्नु महत्वपुर्ण छ । यो संक्रमण अपर्याप्त पानीको सप्लाई संगै नराम्रो स्वक्षता र सरसफाई रहेको ठाउ संग सम्वद्घ छ ।

‘हेपाटाईटिस ए र इ अर्थात जण्डिस भाईरसद्वारा हुने संक्रमण हो र आफै निको हुन्छु, बिर अस्पताल लिभर युनिटका प्रमुख प्रा.डा.अनिलकुमार मिश्र भन्छन, ‘यो संक्रमण भएको समयमा रोग संग लडन शरिरलाइ पोषक तत्व चाहिन्छ जसले निको हुन सघाउछ ।’ यो ज्यानै जाने खालको रोग भने होईन । उनको अनुसार जण्डिसका रोगीले आराम गर्नुको साथै पौष्टिक आहार लिनुपर्ने भए पनि सामाजमा विद्यमान विभिन्न मान्यताको कारण रोगीलाइ अत्यधिक परहेज गराइदा यसले स्वास्थ्यमा प्रतिकुल असर पार्छ ।

करिव ८० प्रतिसत वयस्कमा हेपाटाइटिस ई र १० वर्ष मुनीका करिव ८० प्रतिसत वालवालिका हेपाटाईटिस ए वाट संक्रमति हुने गरेका जनाउदै प्रा.डा.मिश्र का अनुसार प्रवासी जनसंख्यामा भने १० वर्ष भन्दा माथिको र वयस्कमा समेत हेपाटाइटिसुएु देखिन सक्छ ।

जाड रक्सी सेवन गर्नेमा पहिले देखी नै कलेजो कमजोर हुने गरेकोले उनिहरुमा हेपाटाईटिस ई को संक्रमण हुदा कलेजो फेल्योर हुने सम्भावना बढछ । गर्भवती महिलाको लागि जण्डिस अत्यधिक खतरापुर्ण मानिन्छ । गर्भावस्थामा यो रोगले ८० देखी ९० प्रतिशत लिभर फेल हुने सम्भावना रहन्छ ।  डा.मरासिनि कमजोर व्यक्ति र गर्भवतीले जडिस देखिए थप सतर्कता सहित चिकित्सकको परामर्शमा रहनु पर्ने बताउछन ।

इपिडिमियोलजीले जडिस प्रभावितहरु स्वास्थ्य परिक्षण ग।राउनुको साथै सामान्य खाना, आराम , व्यक्तिगत सरसफाइमा ध्यान , रक्सी सेवन नगर्ने र आफै औषधि सेवन नगर्दा चार देखी ६ सातामा निको हुने जनाएको छ ।

डव्लुएचओको अनुसार यो रोग सामान्यमा एक दुइ साता सम्म रहनुको संगै कडा अवस्थामा केहि महिना सम्म जारी रहन सकछ । करिव करिव सवै संक्रमितमा कुनै दिर्घकालिन प्रभाव विना रोगी पुर्ण रुपमा निको हुन्छन ।

डब्लुएचओको आकलन अनुसार विश्वव्यापी रुपमा हेपाटाइटिस ए भाइरसवाट वाट १४ लाख व्यक्ति प्रभावित हुने गरेका छन भने हेपाटाईटिस इ वाट २ करोड व्यक्ति प्रभावित हुन्छ । हेपाटाईटिस इ वाट प्रभावित हुनेहरु मध्ये वर्षेनी ३० लाख यसको कडा संक्रमण र ५७ हजार यो संग सम्वद्घ मृत्यु हुने गरेको छ ।

कस्तो खान पान ?

रोगीको खानामा परहेज नगरी सकभर जती हो खाने त्यति दिनु पर्ने विज्ञहरु वताउछन । यस्तै जण्डिस फैलिएको क्षेत्रमा क्यान्डिल फिल्टर वाट शु पारिएको पानी उपयोग नगर्ने सल्लाह इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको का निर्देशक डा।वावुराम मरासिनिको छ । क्यान्डि फिल्टरवाट जण्डिसको भाइरस न छानिने भएकोले यसवाट प्रशोधित पानी वाट संक्रमण हुने सम्भावना कायम रहन्छ । यस्तै डा.मरासिनि पाच मिनेट उमालेर चिसो पारेको वा क्लोरिनले शुद्घ पारिएको पानी खाने सल्लाह दिन्छन ।

कलेजो रोग विशेषज्ञ प्रा.डा. अनिल कुमार मिश्रका अनुसार रोगीलाइ जाड रक्सी वाहेक जे राम्रो लाग्छ रुच्छ त्यो खान दिनु पर्छ । उनी नेपाली समाजमा जण्डिसका रोगीलाई धेरै बढी पथ्य परहेज गराउदा उनिहरु अप्ठर्‍यारो अनुभव गर्ने गरेको अनुभव पोख्छन । कलेजो सुन्निएर कमजोर भएको अवस्थामा पौष्टिक आहारको सट्टा कमजोर अहार दिने परिपाटि राम्रो नरहेको जनाउदै डा।मिश्र रोगीलाई कार्बोहाईड्रेट, गुलियो फलफुल प्रसस्त मात्रामा दिनु पर्ने बताउछन ।

जण्डिस रोगीलाई दिनहु ४० क्यालोरी प्रति किलोग्राम शरिरको तौल अनुसार खाद्य पदार्थ चाहिने जनाउदै प्रा.डा.मिश्र दिनहू एकरदुई ग्राम प्रोटिन प्रति किलो शरिरको तौल अनुसार समेत ख्वाउनु पर्ने बताउछन । गुलियो न हुने फल फुल साग सब्जी गाजर, मुला, काक्रो, खरवुजाहरुको सकभर कम प्रयोग गर्नु राम्रो रहेको औल्याउदै उनि सडक छेउमा रहेको पसलवाट निकालिने उखुको रसले अन्य विभिन्न संक्रमण हुन सक्ने सम्भावना भएकोले सकभर वाच्न सल्लाह दिन्छन ।

हरेक दशकमा जण्डिसको महामारी

विशेषज्ञहरुको अनुसार मुलुकमा हरेक एक दशकमा जडिसले महामारीको रुप लिएर जनजीवनलाइ नराम्ररी प्रभावित पार्ने गरेको छ । विर अस्पताल लिभर युनिट प्रमुख प्रा.डा.अनिल कुमार मिश्रले मुलुकमा सन १९७३ मा उपत्यकामा दश हजार भन्दा बढी व्यक्ति जण्डिसवाट प्रभावित भए यता प्रत्येक दश वर्षमा यो पानी जन्य रोग महामारीको रुपमा देखिएको वताउछन ।

यनको अनुसार उपत्यकामा सन १९८३, १९९३ र २००३मा जडिसको प्रकोप देखिएको थियो । हाल पुनः दश वर्ष पछि सन २०१४ मा विराटनगर अन्य ठाउमा जडिस महामारीको रुपमा देखिएको जनाउदै प्रा।डा।मिश्र भन्छन्, ‘अगामी दश वर्ष पछि पुनः यो महामारी देखिने सम्भवना छ ।’ कान्तिपर दैनिकबाट