क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएन) का मलेसियास्थित आइसीसी सदस्य (केन्द्रीय सदस्य) भवानीशंकर तिवारी जेल परेका छन् ।
अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली श्रमिकहरुलाई अवैधानिक रुपमा नै नेपाल पठाउन पोख्त मानिएका तिवारी आफैंले खनेको खाडलमा आफैं परेका हुन् ।
करिब ३ हजार ५ सय आरएम करिब (एक लाख ५ हजार रुपैंया)को हाराहारीमा पैसा उठाएर अवैधानिक नेपालीलाई एयरंपोर्टसम्म छोड्ने क्रममा उनलाई एयरपोर्ट इमिग्रेसनले पक्रेको हो । तिवारी गोर्खा रेस्टुरेन्ट कोताराया मलेसियाका मालिक पनि हुन् ।
पहिलादेखि नै अवैधानिकलाई नेपाल पठाउने अखडा मानिएको गोर्खा रेस्टुरेन्टमा खाना भन्दा बार्गेनिड धेरै हुँदै आएको छ । गोर्खा रेस्टुरेन्ट भन्ने वित्तिकै अवैधानिकहरुको अखडा मानिदै आए पनि केही समयदेखि तिवारी मौन बसेका थिए ।
विभिन्न कार्यक्रमहरुमा आईसीसी सदस्यको हैसियतमा उपस्थित हुँदै आएका तिवारी यस पटकको बौद्ध जयन्ती समारोहको संयोजक रहेका थिए । संयोजन कार्यक्रममा उपस्थित नभएपनि अन्य कार्यक्रममा आउने आशाका साथ बौद्ध जयन्ती समारोहले आफ्नो कार्यक्रमको तालिका सार्वजनिक गरिसकेको छ । ‘सबैलाई झुक्याएर नै कमाउँछु भन्नु आफैंमा गलत हो,’ एक एनआरएन सदस्यले भने, ‘नराम्रो काम गर्नेलाई कारबाही गर्नुको सट्टा पदोन्नति गर्ने हाम्रो परम्पराको यस घट्नाबाट केही पाठ सिक्ने मैले देखेको छु ।’












प्रतिक्रिया