काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासंग भेट गरि गैरआवासीय नेपाली संघका मुद्दाहरुका बिषयमा जानकारी गराएका छन् ।
गैरआवासीय नेपालीको अनुभव राष्ट्रिय नीतिहरुको निमार्ण तथा कार्यान्वयनमा उपयोग गर्न सुझाव दिदंै अध्यक्ष घलेले आगामी दुई दशकमा गैरआवासीय नेपालीको क्षमता निकै बृद्धि हुने भएकाले त्यसलाई उपयोग गर्नसक्ने खालको नीति तर्जुमा गर्न सुझाव दिए ।
कर्मर्सियल्ली इम्पोर्टेन्ट पर्सन(सीआईपी) सम्मानबाट वाणिज्य क्षेत्रका व्यक्तित्वहरु मात्र सम्मानित भएकोमा यसलाई परिमार्जन गरी वैदेशिक लगानीका क्षेत्रहरु पनि समावेश गर्न पर्ने सुझाव दिए ।
सो अबसरमा मन्त्री थापाले गैरआवासीय नेपालीहरुले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणमा पुराएको योगदानको कदर गर्दै आफू पनि पच्चिस बर्ष गैरआवासीय नेपाली भई बसेकोले गैरआवासीय नेपालीहरुको भावना र आवश्यकतावारे राम्रो बुझेको बताए ।
गैरआवासीय नेपालीहरुले उठाउ“दै आएको नेपाली नागरिकताको निरन्तरतावारे आफूलाई राम्रो जानकारी भएको र यसको निक्र्योल गर्न राष्ट्रिय राजनीतिक पार्टीहरुलाई गोलवद्ध गरी आफ्ना मागहरु पेश गर्न सुझाव दिएको एनआरएन सचिवालयले जनाएको छ ।
नेपाल सरकार आपूर्तितर्फ मात्र वढी केन्द्रित भएकोले नेपालले वाणिज्यतर्फ खासै सफलता हासिल गर्न नसकेको र आफ्नो कार्यकालमा यसलाई बिशेष ध्यान दिने मन्त्री थापाको भनाई थियो । उहा“ले गैरआवासीय नेपालीहरुलाई अनुत्पादक समाजिक कार्य भन्दा पनि उत्पादनमूलक समाजिक कार्यमा केन्द्रीत हुन अनुरोध गर्नुभयो । नेपाली वस्तुहरुको प्रयोग र प्रचार गरी नेपालको व्यापारघाटा कम गर्दै औद्योगिकरणमा सहयोग गर्न उहा“ले संसारभर छरिएर रहेका नेपालीहरु आग्रह गर्नुभयो ।












प्रतिक्रिया