२८ आश्विन २०८३, बुधबार

भट्टराईले गुपचुप भेटे चिनियाँ नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiहङकङ । पहिलो चीन भ्रमणमा रहेका एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले बुधबार छेङ्दुमा चिनियाँ नेताहरूसँग गुपचुप भेटवार्ता गरेका छन्।

काठमाडौंबाट ल्हासा हुँदै सिचुवान प्रान्तको राजधानी छेङ्दु पुगेका पूर्वप्रधानमन्त्री भट्टराईलाई भेट्न बेइजिङबाट चिनियाँ नेता त्यहाँ आएका हुन्। चीन सरकारले नै चाँजोपाँजो मिलाएको भ्रमण र भेटवार्तालाई भट्टराईले गोप्य राखेका छन्।

एमाओवादी राष्ट्रिय सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको केन्द्रीय समिति सूचीमा असहमति जनाउँदै मंगलबार विराटनगर छाड्ने क्रममा मात्र उनले ‘निजी भ्रमणमा चीन जान लागेकोु खुलासा गरेका थए। बेइजिङस्थित नेपाली दूतावासले पनि पूर्वप्रधानमन्त्री भट्टराईको भ्रमण र भेटवार्ताबारे औपचारिक जानकारी नभएको जनाएको छ।

पारिवारिक पर्यटकीयु भनिएको भट्टराईको भ्रमण चीन सरकारकै आयोजनामा भएको हो। करिब डेढ महिनादेखि भ्रमणको तयारी भइरहेको जानकारी दिँदै स्रोतले नाम उल्लेख नगरी उनलाई भेट्न बेइजिङबाट मध्यमस्तरीय नेता आएको जानकारी दियो।

‘भट्टराईसँग छेङ्दुमा चिनियाँ नेतासँग भेटवार्ता गराउनेदेखि मानसरोवर घुमाउनेसम्म सबै व्यवस्था चीन सरकारले नै गरेको हो,’ भ्रमणलाई औपचारिक मान्यता दिइएको बताउँदै बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी सम्बद्ध स्रोतले नागरिकसँग भन्यो।

एमाओवादी नेतृत्वको सरकारमा अर्थमन्त्री हुँदा भट्टराईले चीन भ्रमण गर्न पाएका थिएनन्। करिब डेढ वर्ष प्रधानमन्त्री हुँदा पनि भट्टराईको चीन भ्रमणको साइत जुरेन। गत वर्ष कुनमिङमा भएको पहिलो चीन दक्षिण एसिया एक्स्पोमा सहभागी हुने भट्टराईको कार्यक्रम सरकार छाड्नुपरेपछि रद्द भएको थियो। त्यसयता उनले चीनले गरेको आर्थिक विकास अध्ययन गर्ने चाहना व्यक्त गर्दै आएका थिए।

काठमाडौंबाट एयर चाइनामा ल्हासा हुँदै छेङदु पुगेका भट्टराईसँग बेइजिङबाट आएका चिनियाँ नेतासहित स्थानीय अधिकारीले भेटवार्ता गरेका थिए। बुधबार साँझ छेङ्दुका गर्भनर वेइ होङले आयोजना गरेको डिनर बैठकमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को छेङ्दु प्रान्तीय सेक्रेटरी वाङ डोङमिङलगायत सहभागी थिए।

तिब्बतसँग सीमा जोडिएको सिचुवानको राजधानी छेङ्दुलाई चीनले दक्षिण र मध्य एसियासँगको व्यापारिक केन्द्रका रूपमा विकास गरेको छ। छेङ्दुबाट दक्षिण एसिया हेर्दै आएको चीनले त्यहाँ वाणिज्य दूतावास खोल्न नेपाललाई आग्रह गर्दै आएको छ।

बुधबार छेङ्दुमा रात बिताएर बिहीबार तिब्बतको राजधानी ल्हासा फर्कने भट्टराईको कार्यक्रम छ। ल्हासामा बिहीबारै भट्टराईले चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेत्रे्कटरी छन कुङवा र त्यहाँका सरकारप्रमुख लोसाङ ग्याल्तसेनसँग भेट गर्नेछन्। भट्टराई परिवारलाई तिब्बत सरकारले ल्हासा होटलमा बस्ने व्यवस्था मिलाएको छ। नागरिक दैनिकबाट