युएई । नेपाल आदिबासी जनजाती महासंघ युएइले आउदो मे ३० तारिक २५५८ औ बुद्ध जयन्ति मनाउने भएको छ।
शान्तिका प्रतिक, एसियाका तारा गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने कुरालाई संसार समक्ष पुर्याउने मूल लक्ष्य लिएर यस सालको बुद्ध जयन्ति मनाउन लागेको नेपाल आदिबासी जनजाती महासंघ युएइका अध्यक्ष डेरराज गुरुङ ले बताउनु भयो।
गौतम बुद्धको जन्म स्थलको बारेमा गलत प्रचार गर्दै भारतले बिगतको समयमा नेपाल र नेपाली प्रति कुठाराघात गरेको बताउदै अध्यक्ष गुरुंगले मे ३० तारिक युएईको बरदुबई स्थित एभेरेस्ट होटलमा बुध्द पुजा सम्पन्न गरि Buddha Was Born in Nepal लेखेको टि-सर्ट लगाएर विभिन्न समूहमा बिभाजन भएर दुबईको विभिन्न स्थलहरुमा परिक्रमा गरिने बताउनु भयो ।
नेपाल आदिबासी जनजाती महासंघ युएईले आयोजना गर्न लागेको यो एउटा महान कार्य रहेको र यसले सम्पूर्ण विश्व समुदाय लाइ सकारात्मक संदेश दिने तथा नेपालमा पर्यटन प्रबर्धन गर्नलाई सहयोग गर्ने हुनाले सम्पूर्ण युएई बासि नेपाली समुदायले सक्दो सहयोग गर्नुपर्ने नेपाल जनजाती महासंघ युएइका उपाध्यक्ष तथा शेर्पा किदुंग युएईका अध्यक्ष पासांग रिन्जी शेर्पाले बताउनुभयो ।
तमु, तामाङ्, मगर, राइ, लिम्बु, शेर्पा, नेवार, थारु र भुजेल जाति संलग्न नेपाल आदिबासी जनजाती महासंघ युएईले यस अघिनै युएइमा बिभिन्न कार्यक्रम हरु गरि जनजाती महोत्सब २०१३ / १४ सम्पन्न गरेको छ ।












प्रतिक्रिया