२८ आश्विन २०८३, बुधबार

छर्राले पूर्वरानीको साथ नछोडेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyanendra-komal

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र अहिले बुहारी हिमानी र नाति-नातिनासहित तीर्थाटनमा छन् । तर, पत्नी कोमललाई समस्या छ । जहाँ जाँदा पनि पतिको साथमै हुने उनी यसपालि छिटपुटमात्र देखिनुका पछाडि एउटा दुःखद् कारण रहेछ, स्वास्थ्यको अवस्था ।

१९ जेठ, ०५८ को दरबार हत्याकाण्डमा गोली दागिएकी, तर बाँच्न सफल तत्कालिन अधिराजकुमारी कोमल त्यही व्यथा बल्झिदा समस्यामा परेकी हुन् । छातीमा गोलीको छर्रा लागेको थियो । उपचारका लागि लण्डन र सिंगापुर पनि पुगिन् ।

तर छर्रा निर्काल्दा शरीर झन जोखिममा पर्ने, त्यसले मृत्युसम्मको स्थिति निम्त्याउने खतराका कारण संसारका प्रख्यात सर्जनले पनि छर्रा सुरक्षित निकाल्ने आँट गरेका छैनन। त्यो छर्राले पुरानो ठाउँ छाड्दै गयो, छातीको पनि संवेदनशील भागमा बाटो बनाउँदैछ ।

निकाल्न नमिल्ने , तर विस्तारै मुटु छेड्नेसम्मको खतरा निम्त्याउने स्थिति बन्न थालेपछि निराश छिन् । शुरुदेखि नै उनको उपचार र रेखदेख छानीस्थित सैनिक अस्पतालका चिकित्सक डा. किशोर रानाले गर्दै आएका छन् । उनले छर्राकै कारण छातीमा इन्फेक्सन भएको रिर्पोट दिएपछि स्थिति गम्भीर भएको हो । उनकै सल्लाहबमोजिम संक्रमण न्युनिकरणका लागि कोमल चाँडै नयाँ दिली जाने कार्यक्रम रहेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकमा खबर छ ।