२८ आश्विन २०८३, बुधबार

आबुधाबीमा नेपाली लगानीमा ट्राभल एजेन्सी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hamalaya-Travel-UAE

आबुधाबी। बैदेशिक रोजगारीका क्रममा नेपालीको उपस्थिति बढेसंगै यूएईका बिभिन्न शहरहरुमा ट्राभल एजेन्सी क्षेत्रमा नेपाली ब्यबशायीहरुको रुची र लगानी बढ्दै गइरहेको छ ।

यसैक्रममा आबुधाबीमा २०१२ मा स्थापित हमालय वोर्ल्ड ट्राभल्सले आफ्नो तेश्रो शाखा विस्तार गरेको छ ।  यूएईमा रहेका नेपाली ब्यबशायी अकित श्रेष्ठको लगानी रहेको उक्त ट्राभल्सले आबुधाबीको इलेक्ट्रा रोडको जनता बैंक नजिकै आफ्नो तेश्रो शाखा खोलेको हो ।  गत २ मे शुक्रवारका दिन एक कार्यक्रमका बीच उक्त ट्राभल्सको तेश्रो शाखाको औपचारिक रुपमा उद्घाटन गरियो ।  उक्त उद्घाटन समारोहमा यूएईमा क्रियाशील बिभिन्न संगठन तथा संघ संस्थाका प्रमुख, प्रतिनिधिहरु लगायत यूएईवासी नेपालीहरुको सहभागिता रहेको थियो ।

बिगत १६ बर्षदेखि यूएईको आबुधाबीमा रहँदै आएका श्रेष्ठले सन् २००७ देखि नै हमालय कन्ट्रयाक्टटिंग एण्ड जनरल मेन्टेनेन्स मार्फत ब्यबशायमा लगानी शुरु गरेका हुन् ।  ट्राभल्स उनका लागि लगानीको नौलो क्षेत्र हो ।  यूएईमा रहेका नेपाली समुदायसंग घुलमिल हुँदै नेपाली श्रमिकहरुको सेवाका लागि यस क्षेत्रमा लगानी गरेको उनले बताएका छन् | नेपालीहरुको सुविधाका लागि केहि समय भित्रै ट्राभल्सको अन्य २ वटा शाखा बिस्तारको योजना रहेको उनले बताए ।

आबुधाबिको खालिदियाबाट शुरु भएको उनको ट्राभल्स ब्यबशायको अर्को शाखा बनियास मल भित्र रहेको छ ।  नेपाली श्रमिकहरुका लागि आफ्नो ट्राभल्सले सस्तो र सुलभ दरमा हवाई टिकट उपलब्ध गराउंदै आइरहेको उनले दावी गरेका छन् ।  यूएईबाट नेपाल यात्रागर्ने नेपाली हवाई यात्रुहरुलाई आकर्षक प्याकेजका साथ नेपाल उडान गर्ने सबै एयरलाइन्सका टिकटहरु आफ्नो ट्राभल्समा उपलब्ध रहेको संचालक श्रेष्ठले जानकारी दिएका छन् । आबुधाबिको मुख्य शहरी केन्द्रमा बिस्तार भएको नयाँ शाखाबाट ब्याबशायिक रुपमा छुट्टै अपेक्षा राखिएको उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।