२८ आश्विन २०८३, बुधबार

१ सय १६ पटक रक्तदान गरे मैनालीले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun-Mainali-blood-donation
भर्जिनिया ।  अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका अधक्ष्य अर्जुन मैनाली रक्तदान अभियानलाई विश्वव्यापी बनाउने हेतुले गत मे २ तारिख न्युयोर्कबाट बर्मुडामा पुगी ११६ औं पटक रक्तदान गरि फर्केका छन । उनले यस अगाडी मार्च १०मा रक्तदानलाई व्यापक बनाउन लण्डन गै रक्तदान गरेका थिए ।
बर्मुडा अस्पताल संचालक समितिका निर्देशक डा. किथ कनिन्घमले मैनालीलाई यो अभियानले बर्मुडाबासी नेपालीलाई मात्र नभएर बर्मुड़ेलीहरूलाई पनि रक्तदान गर्न प्रेरणा र हौशला मिलेको कुरा गरेको मैनालीले बताए । उनले मैनालीलाई विश्वव्यापी रक्तदान अभियानको लागि शुभकामना पनि दिएका छन् ।  हाल बर्मुडामा जम्मा ४२ जना नेपाली छन् भने त्यसमध्ये ९ जनाले अर्को साता मे ९ मा रक्तदान गर्ने भएका छन् ।  जुलाई १२ मा मकाउका नेपालीहरूसँग रक्तदान गर्ने योजना रहेको मैनालीले बताए ।
प्रवासमा नेपालीहरूले रक्तदान कार्यक्रम आयोजना गर्ने देशको संख्या १८ पुगेको छ । बर्मुडा रक्तदान गरेर बेलुका नै न्युयोर्क फर्केको मैनालीले बताए ।
बर्मुडा अध्यागमन कार्यालयका अधिकृतले, “रक्तदान गर्ने भनेर त्यति टाढाबाट आउनु र दोहोरो टिकटको मूल्यलाई सहज लिनु भएको उत्साह देखेर म पनि रक्तदान गर्ने सोचमा छु भने ।  बर्मुडा, अमेरिकाको पूर्वी किनारानजिकै उत्तरी आन्ध्र महासागरमा छ भने ५३ वर्ग किलोमिटरको बेलायती अधिनको यो मुलुकमा बर्मुडामा ६४ हजार मानिस बसोबास गर्छन ।