शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

कतारका खेलमा नेपाली दर्शकलाई उपहार

दैनिक नेपाल २०७१ वैशाख २३ गते १८:०८

al ahali

घनश्याम पराजुली (कृष्ण), दोहा । आगामी १० मई २०१४ शनिवारका दिन दोहाको अलसाद स्र्पोटस क्लवमा हुने क्लव स्तरिय खेल हेर्न आउने दर्शकहरुका लागि आकर्षक उपहार दिने भएको छ ।

साँझ सवा ५ बजेबाट कतारको अल अहली क्लव र अल सैलिया विचको फुटवल खेल हेर्न आउने दर्शकहरुका लागी उपहारको व्यवस्था गरेको छ । कतारको अल अहली क्लवसँग सहकार्य गर्दै नेपाली दर्शकहरुको सम्वन्यका लागी चितवन युवा समुहले जिम्मा लिएको छ । निशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त खेलमा आउने नेपाली दर्शकहरुले उपहार स्वरुप टिकटको लक्की ड्र मार्फत टोयोटा कार, मोवाइल लगायत अन्य आर्कषक पुरस्कार पाउने भएका छन । आकर्षक पुरस्कारमा कतारि रियाल २ हजार बराबरको जिन्सी सामान ३० जनालाई हुने चितवन युवा समुहका पुर्व अध्यक्ष रामहरी गैह्रेले जानकारी दिनुभयो ।

खेल सम्बन्धित अन्य जानकारी तथा नेपाली दर्शकहरुसँगको सहकार्यका लागी चितवन युवा समुहले आफ्ना पदाधिकारीहरुलाई खटाएको छ । कतारमा कार्यरत नेपाली दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थितिको अपेक्षा गर्दै कतारमा स्थापित संघ संस्थाहरुको सहयोगको लागी चियुसले आग्रह गरेको छ । नेपाली कामदारहरु मात्र छैनन, लाखौ खेलप्रेमी नेपाली दर्शकहरु कतारमा कार्यरत छन भनेर देखाउनु आफ्नो कर्तव्य भएको गैह्रेले बताउनु भयो ।

विगत एक बर्ष देखी कतारको अल अहली क्लवसँग चितवन युवा समुहले सम्वन्य गर्दै आएको छ । गत ११ अप्रिलका दिन उक्त क्लवले नेपाल र फिलिपिन्सका राष्ट्रिय खेलाडीहरुको मैत्रिपुर्ण फुटबल खेल साथै सांगितीक कार्यक्रमको आयोजना गरेको थियो । खेलमा एघार हजार भन्दा बढी दर्शकहरुको उपस्थिती रहेको थियो ।

कतारमा हुने विश्वकप २०२२ का लागी कतार फराकिलो बाटोमा दर्गुदै छ । यस समयमा नेपाली समुदायका लागी ठुला अवसर प्राप्त हुने आशा राखिएको छ । खेल हेरिदिए बापत कतारले निशुल्क रुपमा नेपालका राष्ट्रिय खेलाडीहरु र कलाकारहरुलाई नेपाली दर्शकहरुका सामु ल्याएको थियो यसलाई एउटा ऐतिहासिक अवसरका रुपमा हेरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित