२८ आश्विन २०८३, बुधबार

सामसुङ एस फाइभका ग्राहकलाई नयाँ स्किम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsung mobile

काठमाडौं । सामसुङ मोवाइलको नेपालस्थित अधिकृत बिक्रेता आइएमएसले ग्यालेक्सी एस फाइभ बोक्ने रहर पुरा गर्न आफ्ना ग्राहकलाई नयाँ स्किम सार्वजनिक गरेको छ ।

सामसुङ ग्यालेक्सी ग्रान्ड तथा त्यो भन्दा माथिल्लो कोटीका सामसुङ स्मार्टफोनसँग एस फाइभ एक्सचेञ्जको नयाँ योजना कम्पनीले सञ्चालन गरेको छ । एपलको आईफोन प्रयोगकर्ताहरु पनि योजनामा सहभागि हुन सक्ने सामसुङले जनाएको छ ।

ग्राहकसँग रहेको पुरानो मोवाइलको उपयुक्त मुल्याङ्कन गरि एस फाइभसँग एक्सचेञ्ज गर्ने कम्पनीले जनाएको छ । एक्सचेञ्ज अफरमा भाग लिन आफुसँग रहेको स्मार्ट फोन किनेको विल तथा बक्स र एसेसरिजहरु भने लिएर आउनु पर्नेछ । साथै, दुई प्रति पासपार्ट साइज फोटो र एउटा नागरिकताको फोटोकपी पनि चाहिनेछ ।