बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

विहे गर्न नमान्दा महिलाको जिब्रो र नाक काटियो

दैनिक नेपाल २०७१ वैशाख २३ गते १४:२०

mahila-himsaझापा । विवाह गर्न नमानेको निहुँमा झापाको दमकमा धारिलो हतियार प्रयोग गरी एक पुरुषले महिलाको जिब्रो र नाक काटिदिएका छन् ।

दमक नगरपालिका ११ निवासी ३५ वर्षीया आशिका पाँचकोटीको स्थानीय ४५ वर्षीय टंक ढकालले जिब्रो र नाकट काटेका हुन् । घाइतेको गम्भीर अबस्थामा काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आरोपित ढकाल फरार छन् । पीडित महिला पतिसँग सम्बन्धबिच्छेद गरेर बसेकी थिइन् । पीडितका साथमा एउटी छोरी छन् ।

उनीहरूबीच केही समयदेखि प्रेम सम्बन्धलाई लिएर विवाद भएको थियो । पीडितले विवाह गर्ने कुरा अस्वीकार गरेकी थिइन् । सोही क्रममा पीडित महिला वैशाख २० गते छिमेकीको घरमा खाना खाई आफ्नो घर फर्कनेक्रममा आरोपितले बाटोमै भेटी धारिलो हतियारले जिब्रो र नाक काटिदिएको बताइएको छ ।

पीडित केही दिनपछि वैदेशिक रोजगारीको लागि खाडी मुलुक जान लागेकी थिइन् । महिलाले छोडेर जाने भएपछि उनीहरूबीच विवाद झनै चर्किएको स्थानीयको भनाइ रहेको छ । पीडित महिलाको शुरुमा दमकस्थित लाईफलाईन अस्पताल त्यसपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र वैशाख २१ देखि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पीडितको जिब्रो र नाकमा आठ टाँका लगाएको पीडितका बुवा सूर्य पाँचकोटीले बताए । घाइते महिला बोल्न सक्ने अवस्थामा नभएको उनका आफन्तले जानकारी दिएका छन् ।

घटनाका आरोपित ढकाल फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रवि पौडेलले बताए । उनले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएका छन् । आरोपित ढकाल एमाओवादीका झापा क्षेत्र नं ७ का पूर्व क्षेत्रीय सचिव र हाल सो पार्टीको सक्रिय कार्यकर्ताको रुपमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित