शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

दाइजो नल्याएको झोंकमा गर्भवती महिलालाई जिउँदै जलाइयो

दैनिक नेपाल २०७१ वैशाख २३ गते १३:५४

aaglagi-mahila-himsa

बाँके । मोटरसाइकल र भैँसी दाइजो नल्याएको भन्दै जिल्लामा एक गर्भवती महिलालाई आफ्नै पतिले जलाएर मार्ने प्रयास गरेका छन् ।

शरीरको तल्लो भाग पूरै जलेर गम्भीर बनेकी राप्तीपारि लक्ष्मणपुर–८ मियापुरवाकी रिहाना सेख ढफालीलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पु¥याएर घटना गुपचुप पारिएको थियो ।

चैत ३ को घटना डेढ महिनापछि मात्र सार्वजनिक भएको हो । रिहानाको कम्मरमुनिको भाग पूरै जलेको छ । घाउ पाकेर पिप र रगत बग्न थालेपछि तल्लो भाग चल्दैन । विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा सोमबार थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

छोरी भेट्न बहराइच पुगेका रिहानाका पिता हिरमिनिया–८, अहिरपुरवाका मोहम्मद समिम सेख ढपालीले वैशाख ८ गते नै गम्भीर घाइते छोरीलाई नेपालगन्ज ल्याएर भेरी अञ्चल अस्पतालमा भर्ना गर्नुभएको थियो ।

उपचारमा आर्थिक अभाव भएपछि उहाँले नेपालगन्जमा सहयोगको याचना गर्दै विभिन्न संस्थामा निवेदन दिएका थिए । त्यसपछि मात्र घटना सार्वजनिक भएको हो । रिहानाले दुई दिनअघि अस्पतालमा सातमहिने शिशु जन्माइन् तर बचेन । पीडित रिहानाका अनुसार दाइजो नल्याएको निहु“मा पति फरिद शेख उनलाई दिनहु“ यातना दिन्थे ।

गत चैत ३ गते भने यसले बीभत्स रुप लियो । त्यस दिन उनले पत्नीको ज्यानै लिने नियतले मट्टितेल छर्केर आगो लगाइदिए । ‘अब तँ मर्छ’ भनेर दुई दिनसम्म घरमै गुपचुप राखियो । नमरेपछि मात्र ६ गते भारतको बहराइच पु¥याइएको थियो । छोरी खोज्दै बहराइच पुगेलगत्तै घरपरिवारले रिहानालाई अस्पतालमै अलपत्र छाडेर भागेका थिए ।

रिहानालाई सोमबार इन्सेक, द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल, फातिमा फाउन्डेसन, साथी र बिभिएसको सहयोगमा उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको हो । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको जनाएको छ ।

(तस्वीर : इन्सेक)

प्रतिक्रिया
सम्बन्धित