काठमाडौ । दुई वर्षअघि धनुषाको रामानन्द चोकमा ५ जनाको ज्यान जानेगरी गराइएको बम विस्फोटका मुख्य योजनाकारु सभासद् सञ्जय कुमार साह आइतबार पक्राउ परेका छन् । संविधानसभा नियमावली अनुसार प्रहरी हिरासतमा रहुन्जेल उनले सभासदो हैसितमा कुनै अधिकार र उन्मुक्ति पाउने छैनन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले साहलाई आईतवार धनुषाबाट पक्राउ गरेको लिखित जानकारी आइतबारै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गलाई दिएको छ । नेम्वाङ्गको निर्देशनमा संसद सचिवालयले आइतबारै सूचना प्रकाशित गरी प्रहरी हिरासतमा रहुन्जेल साहले सभासदो हैसियतमा कुनै कार्य गर्न नपाउने जानकारी सार्वजनिक गरेको छ ।
‘कुनैपनि फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासहतमा रहेको अवस्थामा संविधानसभा सदस्यको हैसियतले कुनैपनि कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन,’ संविधानसभा नियमावलीको नियम १६३ ९३०मा भनिएको छ । उपनियम १६३ ९२०मा संविधानसभाको बैठक नचलेको अवस्थामा कुनै सभासद् फौजदारी अभियोगमा पक्राउ परेको सूचना प्राप्त भएमा अध्यक्षले यस्तो सूचना प्रकाशित गरी सार्वजनिक सञ्चार माध्यम मार्फत प्रचार-प्रसार समेत गर्न लगाउने ब्यवस्था छ ।
संविधानसभा नियमावलीले फौजदारी अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका सभासदो अवस्थालाई ‘निलम्बन’ शब्दावली प्रयोग नगरेपनि रिहा नभएसम्म सभासदो हैसियतमा कुनै काम गर्न नपाउने स्पष्ट ब्यवस्था गरेको छ । ‘नियमावलीले निलम्बन शब्दावलीको प्रयोग नगरेपनि यो निलम्बनकै अवस्था हो,’ संसद सचिवालयका एक अधिकारीले भने । अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि भने उनी औपचारिकरुपमै निलम्बनमा पर्नेछन् । नियमावलीमा फौजदारी अभियोगमा न्यायीय हिराशतमा रहेका सभासद्लाई संविधानसभा अध्यक्षले निलम्बनको आदेश दिने ब्यवस्था छ ।
१७३ को उपनियम ४ मा कुनै सदस्य उपर प्रचलित कानुनबमोजिम ३ वर्ष वा सो भन्दा बढि कैदको साजय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर अध्यक्षले निलम्बन गर्नुपर्ने ब्यवस्था छ । कान्तिपुर दैनिकबाट











प्रतिक्रिया