२८ आश्विन २०८३, बुधबार

‘सरकारले स्वदेशी उत्पादनमा ध्यान दिएन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chhala-Jutta-Bag-Bebasaiकाठमाडौं । नेपाल छाला जुत्ताउत्पाकहरुले व्यावसायिक माग राखेर आनदोलनमा जाने घोषणा गरेका छन् ।

 

नेपाल छाला जुत्ताउत्पादक संघ, नेपाल व्याग उद्योग संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संयुक्त संघर्ष समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारसंग जुत्ता–चप्पल, ब्याग एवम् तयारी उत्पादन तथा बजार व्यवस्थापनका समस्याहरु यथाशीघ्र सम्बोधन गर्न माग गरेको हो ।

 

समितिले दक्षजनशक्तिको उत्पादनमाजोड, सिपप्रर्वद्धन, कच्चापदार्थमा न्यून भन्सार दर कायम, आद्यौगिक व्यवसायिक क्षेत्रमा लोडसेडिङ् मुक्त गराउनुपर्ने, स्वदेशी उत्पादनमा विशेष ध्यानदिनुपर्ने, भन्सार प्रक्रिया, भ्याट कर तथा विविध शूल्क सम्वन्धीकार्यमा सरलीकरण गर्नुपर्ने लगायतका १२ बुँदे माग राखेको छ ।

 

समितिका संयोजक नरेश कटुवालले स्वदेशमा उत्पादित बस्तुहरुलाई नेपाल सरकारका कर्मचारीहरुलाइ पोशाकका रुपमाप्रयोग गर्न सरकारले पूर्ण रुपमा पहलकदमी चाल्नुपर्ने माग गरे । उनले उत्पादित बस्तुको गुणस्तरीय मापदण्ड निर्धारण गर्नुपर्ने पनि बताए ।

 

नेपाल छाला–जुक्ताउत्पादक संघका बरिष्ठ उपाध्यक्ष जीवन नेपालीले व्यवसायीहरु साँच्चीकै मारमा परेको बताए । उनले कच्चापदार्थ संकलन, भण्डारण र प्रशोधन उद्योग तथागुणस्तरीय बस्तु उत्पादनमा वैज्ञानिक प्रविधि उपकरण र सिपको व्यवस्था जस्ता गम्भीर विषयलाई राज्यले यथोचित ढंगले सम्वोधन गर्नुपर्ने बताए ।