२८ आश्विन २०८३, बुधबार

व्यवसाय सञ्चालनका लागि द्वन्द्वपीडितलाई बजेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur_district-342x400कञ्चनपुर । कञ्चनपुरका द्वन्द्वपीडितलाई व्यवसाय सञ्चालनका लागि जिल्ला विकास समितिले बजेट विनियोजन गरेको छ ।

 

कृष्णपुरका द्वन्द्वपीडित समुदायका लागि व्यवसाय सञ्चालनका लागि जिल्ला विकास समितिले आगामी आर्थिक वर्षका लागि आठ लाख विनियोजिन गरेको स्थानीय विकास अधिकारी लक्ष्मण ढकालले बताए ।

 

द्वन्द्वपीडितसँग लगानी नभएर व्यवसाय गर्न कठिन भएका कारण आर्थिक क्षेत्र बलियो बनाई उनीहरुलाई आत्मनिर्भर बनाउनमा सो रकमबाट सहयोग पुग्ने उनले बताए ।

 

यसैगरी जिल्ला विकास समिति कञ्चनपुरले द्वन्द्वका बेला क्षतिग्रस्त जिविस भवन मर्मतका लागि समेत बजेट विनियोजन गरेको छ । जिल्ला विकास समितिको भवन मर्मतका लागि पाँच लाख विनियोजन गरेको स्थानीय विकास अधिकारी ढकालले बताए ।