आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

निमगलाई चरम घाटा

दैनिक नेपाल २०७१ वैशाख २० गते ८:०८

Oil Nigam

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य वढ्दा आयल निगमको नोक्सानी साढे पाँच करोड पुगेको छ ।

 

इण्डियन आयल कर्पोरेसन (आइओसी) ले मे १ मा पठाएको नयाँ मूल्य अनुसार निगमको नोक्सानी ६९ करोड ६२ लाख पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कच्चा तेलको मूल्य एक ब्यारलको १ सय ७ डलर पुगेको छ ।

 

‘नयाँ मूल्यपछि निगमको नोक्सानी सामान्य बढेको छ, एलपी ग्यासको मूल्य घटेको तर डिजेलके मूल्य बढेको हो,’ निगमका प्रवक्रा मुकुन्दप्रसाद घिमिरेले भने ।

 

नयाँ मूल्य अनुसार ग्यासको मूलय एक सिलीण्डरमा एक सय घटेर ५ सय ८९ रुपियाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ । अप्रिलमा निगमलाई ग्यासबाट ६ सय ८९ रुपिया नोक्सानी थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित