शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

‘मलाई केही जानकारी छैन’

दैनिक नेपाल २०७१ वैशाख २० गते ८:०३

Rambaran Yadavकाठमाडौं । राष्ट्रपति डा.रामवरण यादवलाई संविधानसभाबाट फेरि अनुमोदन गरी दोस्रो संविधानसभाबाट पनि निर्वाचित भएको प्रमाणित गर्ने सत्तासीन दलहरुको सहमति अलपत्र परेको छ । यसका लागि प्रस्ताव तयार पार्न गठित कार्यदलका सदस्य नै एकअर्कामा आरोपप्रत्यारोपमा उत्रिएका छन् ।
कांग्रेस र एमालेले एक साताभित्र प्रस्ताव तयार पार्न जिम्मेवारी दिएर गठन गरेको कार्यदलको बैठक बस्न सकेको छैन् । बैठक नबस्नुमा कांग्रेस/एमालेका नेताहरु एकअर्कामाथि दोषारोपण गर्न थालेका छन् ।

 

कार्यदलका कांग्रेसतर्फका सदस्य राखिएको रमेश लेखकले आफूले कार्यदलमा परेको औपचारिक जानकारी नपाएको गुनासो गरे ।
राष्ट्रपति अनुमोदनसम्बन्धी प्रस्ताव तयार पार्न कांग्रेसका महेश आचार्य र लेखक तथा एमालेका अग्नि खरेल रहेको कार्यदल गठन गरिएको थियो ।

 

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी विधेयक पारित गर्ने क्रममा एमालेले राष्ट्रपति अनुमोदनको कुरा उठाएपछि बैशाख ११ गते कार्यदल बनाइएको थियो । कार्यदललाई राष्ट्रपति अनुमोदन प्रक्रिया र संविधान बनेपछि नयाँ राष्ट्रपतिको निर्वाचन प्रक्रियासम्बन्धी प्रस्ताव बनाउन जिम्मेवारी दिइएको थियो ।

 

लेखकले आफूलाई कार्यदलमा राखिएको जानकारी नभएको बताए । ‘नेताहरुले राखेका हुन सक्छन् । तर मलाई केही जानकारी छैन, उनले भने । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित