बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

ब्लड बैंकले व्यागमा रकम असुल्ने

दैनिक नेपाल २०७१ वैशाख २० गते ७:२३

Bloodकाठमाडौं । बिरामीका आफन्तलाई रगत परीक्षणमा लाग्ने शुल्कमा राहत प्रदान गर्ने उद्देश्यले सरकारले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) लाई दुई लाख थान ब्लडव्याग (सिंगल व्याग) निःशुल्क उपलब्ध गराएको छ ।

 

तर, ब्लड बैंकले भने राहत नदिई सो व्यागबापत रकम असुल्ने बताएको छ । रक्तदान सेवालाई व्यवस्थित गर्न र सर्वसाधारणले केही भए पनि राहत पाउन भनेर सरकारले नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको ब्लडबैंकलाई ब्लडव्याग निःशुल्क उपलब्ध गराएको छ । हाल ब्लड बैंकबाट रगत लिँदा बिरामीका आफन्तले ब्लडव्याज (सिंगल व्याग)को ८० रुपियाँ तिर्दै आएका छन् ।

 

ब्लडव्याग उपलब्ध गराउने गत वर्षकै योजना भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपटक बल्ल कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले चिनियाँ कम्पनी ‘सुजौलास’ले बनाएको व्याग खरिद गरेको हो ।

 

खरिद गरेको व्याग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणपछि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) र सो मातहतका क्षेत्रीय तथा जिल्लाका गरी ८५ वटा रक्तसञ्चार सेवा केन्द्रलाई पठाइँदै छ । केन्द्रको मातहतमा अहिले चारवटा क्षेत्रीय, २१ वटा जिल्ला, ३१ वटा आकस्मिक र २९ वटा हस्पिटल इकाइ रक्तसञ्चार सेवा खोलिएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित