बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

माओवादी चाल ‘न हाँस, न कौवा’

दैनिक नेपाल २०७१ वैशाख २० गते ७:०४

maoist_buildingविराटनगर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको वैचारिक विचलन, सांगठनिक संरचना र कार्यशैलीका कारण पार्टी ‘न हाँस न कौवाको चालजस्तोु बनेर भित्रभित्रै विघटित बन्दै जाने खतरामा पुगेको बताएका छन्।

विराटनगरमा जारी प्रथम राष्ट्रिय सम्मेलनको बन्द सत्रमा शुक्रबार २६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै दाहालले ‘पार्टी माथिदेखि तलसम्म गुटैगुट र व्यक्तिपिच्छेका स्वार्थ समूहले भरिएकोु र ‘केन्द्रीय कार्यालयका जिम्मेवार नेताहरूकै बीचमा देखापर्ने मतमतान्तरले अस्पष्टता र निराशाको स्थिति बढाउने काम गरेकोु उल्लेख गरेका छन्।

विभिन्न समयमा पार्टीभित्रका नेताले गराउने मतान्तरकै कारण संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा झरेर पार्टीको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको प्रतिवेदनको निष्कर्ष छ। हेटौंडा महाधिवेशनले तय गरेको कार्यदिशामा खासै मतभेद नभए पनि संगठनमा देखापरेको विवाद पार्टीका लागि खतरा भएको दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन्।

पूर्वउपाध्यक्ष बाबुराम भट्टराईले बदलिँदो परिस्थितिअनुसार नयाँ विचार, नयाँ कार्यदिशा निर्माणबारे पार्टीभित्र छलफल सुरु गर्नुपर्ने बताइरहेका बेला दाहालले भने प्रतिवेदनमार्फत त्यसलाई ठाडै अस्वीकार गरेका छन्।

‘वर्ग र क्रान्तिप्रति आस्था र विश्वास स्खलित हुँदै गएका नेता, कार्यकर्ताको निहित स्वार्थअनुसार कार्यदिशा बदल्दै पार्टीलाई पूरै पुँजीवादी र निम्न पुँजीवादी झुन्ड बन्न दिने वा कार्यदिशालाई अझै परिमार्जन गर्दै त्यसअनुसार क्रान्तिकारी रूपान्तरण गर्न संघर्ष गर्नेरु प्रश्न निश्चय नै निकै गम्भीर र पेचिलो छ,’ उनले भनेका छन्।

‘उच्च वैचारिक–राजनीतिक स्पष्टता हासिल गर्दै जनआधारित नयाँ र सुदृढ संगठन निर्माणमा एक जुट हौु’ भन्ने शीर्षकको राजनीतिक प्रतिवेदनमा दाहालले जनवादी केन्द्रीयताको बुझाइ र अभ्यासमा अराजकतावाद र नोकरशाही केन्द्रीयतावादको रोग देखा परेको बताएका छन्।

‘मार्क्सवाद–लेनिनवाद–माओवादका शिक्षाअनुसार पार्टीमा जनवादी केन्द्रियताको अभ्यास गर्नु भनेकै आजको स्थितिमा पार्टीलाई कार्यदिशाअनुसार रूपान्तरण गर्न संघर्ष गर्नु भन्नेबाहेक अर्को अर्थ लाग्दैन,’ दाहालले प्रतिवेदनमार्फत् भनेका छन्, ‘त्यसरी नै पार्टीको आजको संगठनात्मक स्थितिअनुसार कार्यदिशा बदल्नु भनेको अझ बढी पुँजीवादीकरण गरी संसदवादको फोहोरी आहालमा निस्कनै नसक्ने गरी अझ गहिरोसँग डुबाउनुबाहेक अर्को अर्थ लाग्दैन।’

दाहालले हेटौंडा महाधिवेशनले तय गरेको ‘उत्पादन र निर्माणुको कार्यदिशा परिमार्जन गरेर सोहीअनुसार संगठन बनाउनबाहेक अर्को विकल्प नभएकोमा जोड दिएका छन्।

उनले हेटौंडा कार्यदिशा क्रान्तिकारी भएकाले नयाँ कार्यदिशा खोज्नु गलत भएको उल्लेख गरेका छन्। ‘समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै अघि बढ्ने पार्टी कार्यदिशा आजको ठोस र राष्ट्रियरअन्तर्राष्ट्रिय परिस्थितिअनुसार आधारभूत रूपले सही, वस्तुवादी र क्रान्तिकारी छ,’ दाहालले कार्यदिशा परिवर्तन नगर्ने उल्लेख गर्दै भनेका छन्।

‘पार्टीको यो नयाँ कार्यदिशाले क्रान्ति प्रक्रियालाई अगाडि बढाउन माथि र तलबाट राजनीतिक हस्तक्षेप बढाउँदै उत्पादनका निम्ति संघर्ष र जनपरिचालनलाई व्यवस्थित र योजनाबद्ध ढंगले संगठित गर्दै अन्ततः विद्रोहात्मक रूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य स्पष्ट गरेको छ,ु प्रतिवेदनमा छ। राष्ट्रिय स्वधानिताको आन्दोलनलाई सोहीअनुसार उचाइमा उठाएर क्रान्ति पूरा गर्ने पार्टी योजना रहेको उनले सार्वजनिक गरेका छन्।

नवप्रवेशीलाई छुट्टै नीति
अध्यक्ष दाहालले पार्टीभित्र आएका नवप्रवेशीले पार्टीभित्र लामो संघर्ष र त्याग तपस्या गरेकालाई मानमर्दन गरेको भन्दै तिनलाई व्यवस्थापन गर्न छुट्टै नीति बनाउने बताएका छन्।

‘संगठनात्मक सुदृढीकरणका निम्ति विभिन्न समूहबाट आउने नेता–कार्यकर्ताका लागि एउटा ठोस नीति बनाउन आवश्यक छ, जो जतिबेला, जसरी आए पनि पदोन्नति गर्दै र कमिटीमा थप्दै जाने प्रक्रिया विगतमा गलत भएको छ,’ दाहालले भनेका छन्, ‘पार्टीमा इमानदारीपूर्वक लामो समय दुःख गर्दै र खट्दै आएका कार्यकर्ता पछि र ओझल पर्दै जाने र मानो लिन खोज्दा मुरी हराउने जस्तो भएको छ।’ त्यसका लागि पर्याप्त छानबिन गरी कमिटी प्रणाली नभत्कने र इमानदार कार्यकर्ताको सम्मान हुने गरी अघि बढ्ने दाहालले उल्लेख गरेका छन्।

त्रिपक्षीय साझेदारीमा पुनः जोड
अध्यक्ष दाहालले नेपालका दुई ठूला छिमेकी मुलुक भारत र चीनबीच त्रिपक्षीय साझेदारीमा जोड दिएका छन्। ‘भारतीय एकाधिकार पुँजीवादसँग विगतमा भएका असमान सन्धिसम्झौता खारेजी र पुनरावलोकन गर्दै दुवै देशका जनताको नयाँ चेतना र आवश्यकताअनुसार नयाँ सहमति कायम गर्ने र सीमा समस्या समाधान गर्ने, व्यापार घाटा घटाउने तथा नेपालको आर्थिक समृद्धिका निम्ति दुवै देशको पारस्परिक हितका आधारमा नयाँ पहल अघि बढाउनुपर्छ,’ दाहालको प्रस्ताव छ, ‘चीनसँग पनि नयाँ सहमति कायम गरी नेपाल, भारत र चीनका बीचमा एउटा त्रिपक्षीय साझेदारी कायम गर्ने दिशामा पहल बढाउन आवश्यक छ।’

पारस्परिक साझेदारीका लागि सकारात्मक संकेत देखिन थालेको दाहालको दाबी प्रतिवेदनमार्फत आएको छ।

पश्चिमाहरू अशान्ति फैलाउँदै 
अध्यक्ष दाहालले मानवअधिकार, कानुन र अन्तर्राष्ट्रिय मापदण्डका नाममा नेपालको शान्ति प्रक्रिया बिथोल्न र आन्तरिक मामिलामा हस्तक्षेप बढाउने खेल भइरहेको आरोप लगाएका छन्।

‘हाम्रो भू–राजनीतिक संवेदनशीलतालाई विचार गरेर पश्चिमा साम्राज्यवादी शक्तिहरूले नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको प्रक्रिया बढाउँदै लगेका छन्,’ दाहालको प्रतिवेदनमा भनिएको छ, ‘मानवअधिकार र कानुनको अन्तर्राष्ट्रिय मापदण्ड आदिका नाममा तथाकथित गैरसरकारी संस्थामार्फत अत्यन्त अपारदर्शी तरिकाद्वारा नेपालमा निरन्तर अशान्ति र राजनीतिक वातावरण बनाई चीन र भारतजस्ता एसियाका ठूला दुई देशमाथि प्रभुत्व कायम राख्ने रणनीतिक अड्डाका रूपमा नेपाललाई प्रयोग गर्ने गम्भीर योजनामा नै पश्चिमा शक्तिहरू अघि बढिरहेकोमा कुनै शंका छैन।’

सरकार पूर्ण असफल
अध्यक्ष दाहालले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेतृत्व गरेको सरकार असफल भएको आरोप लगाएका छन्। ‘सरकारको रवैयाले एक वर्षमा संविधान बन्ने तथा उसको नेतृत्वमा शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा हुन असम्भव बन्दै गएको छ’ दाहालले भनेका छन्, ‘सकारात्मक निर्णय र क्रियाकलापको दृष्टिले हेर्दा सरकार पूर्ण रूपमा असफल भइसकेको छ।’

प्रधानमन्त्री कोइरालाले चारबुँदे सहमतिविरुद्ध अभिव्यक्ति दिएर आफ्नो नैतिक धराताल गुमाएको दाहालको निष्कर्ष प्रतिवेदनमार्फत आएको छ।

अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा शनिबार २२ वटा समूहले छलफल गरी आ–आफ्नो समूहको धारणा बैठकमा राख्दैछन्। आइतबार नयाँ नेतृत्व चयन गरी सम्मेलन सम्पन्न गर्ने योजनामा पार्टी रहेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित