बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

थेसिस किर्तेमा ‘आरोप–प्रत्यारोप’

दैनिक नेपाल २०७१ वैशाख १९ गते ७:५०

TU-Offic-600x240नेपालगन्ज, १९ वैशाख । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको ‘थेसिस किर्ते प्रकरणमा आरोप–प्रत्यारोप सुरु भएको छ । क्याम्पसको समाजशास्त्ररमानवशास्त्र विभागमा कार्यरत शिक्षण सहायक विनोद अधिकारीले नक्कली लेटरप्याड, छाप र विभागीय प्रमुखलगायतको नक्कली हस्ताक्षर प्रयोग गरी किर्ते थेसिस बनाएको आरोप छ।

थेसिस प्रकरणको एक वर्षपछि आफूमाथि लगाइएको आरोप खण्डन गर्दै अधिकारीले पत्रकारमाझ आफू निर्दोष भएको जिकिर गरे ।

उनले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट छानबिन प्रक्रिया नटुंगिँदै पूर्वाग्रही ढंगले विभागीय प्रमुख सावित्रा बस्नेतले करार नवीकरण सिफारिसमा रोक लगाएको गुनासो गरे ।

बस्नेत आफैंले विद्यार्थीबाट मोटो रकम लिएर किर्ते काम गरेको प्रमाण आफूसँग रहेको पनि उनले बताए, ‘उहाँ (बस्नेत) ले गरेका गल्तीको प्रमाण हामीसँग छ ।’ यता समाजशास्त्र मानवशास्त्र विभागप्रमुख बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न अधिकारी नाटकीय ढंगले लागेको बताएकी छिन् । ‘त्रिविमा प्रमाण नै पेस भइसकेकाले टुंगो छिट्टै लाग्नेछ,’ उनले भनिन् ।

‘किर्ते थेसिस प्रकरण’ बारे कारबाही अघि बढाउन क्याम्पसबाट यसअघि नै परीक्षा नियन्त्रण, त्रिवि उपकुलपति, रजिस्ट्रार, रेक्टर, डिन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परिसकेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित