मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

तेल चोरीमा संगठित गिरोह

दैनिक नेपाल २०७१ वैशाख १९ गते ७:३२

Oil Nigamकाठमाडौं, १९ वैशाख । नेपाल आयल निगमले भैरहवाबाट ल्याएको पेट्रोलियम पदार्थ डिपो आइपुग्दा तोकिएको परिमाण नभएको भन्दै चार महिनाअघि गैंडाकोट पश्चिमका पेट्रोलपम्प व्यवसायीले अमलेखगन्जबाट तेल ल्याउन पाउनुपर्ने माग राखे।
व्यवसायीका मागविरुद्ध नेपाल पेट्रोलियम ट्ंयाकर ढुवानी व्यवसायी महासंघ तेल आपूर्ति नै रोकेर हडतालमा उत्रियो। आपूर्ति नै बन्द भएपछि आयल निगम भैरहवाबाटै तेल ल्याउने निर्णय गर्न बाध्य भयो।

महासंघका केन्द्रीय सल्लाहकारसमेत रहेका चोपनारायण श्रेष्ठको अगुवाइमा भएको त्यतिबेलाको हडतालले पम्प व्यवसायी अल्पमतमा परे र कम परिमाणकै तेल स्विकार्न विवश बने।

मंगलबार राष्ट्रिय सतर्कता केन्द्र र रुपन्देही प्रहरीले भैरहवा र भलवारीबीचका दुई ठाउँमा छापा मार्दा तेल चोरी गर्दागर्दै समातिएका १९ ट्यांकरमध्ये चारवटा श्रेष्ठकै हुन्। ढुवानी व्यवसायी श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय सदस्यसमेत छन्।

रंगेहात चोरीमा समातिएपछि श्रेष्ठका ना ३ ख ९७८, लु १ ख ६६३४, लु १ ख ६५८१ र लु १ ख ६५०८ नम्बरका ट्यांकरबाट तेल ढुवानी गर्ने करार सम्झौता निगमले बिहीबार निलम्बन गरेको छ। यसबाहेक पिंकी एन्ड प्रीति जैसवाल, पशुपतिनाथ कशौधनरराजेशकुमार कशौधन, दयाशंकरप्रसाद कशौधन, पप्पुकुमार कशौधन, बालकृष्ण गैरे, प्रेमराज गैरे र विनोद उप्रेतीका ढुवानी सम्झौता पनि निलम्बन गरिएको छ।

भारतबाट ल्याइएको तेल डिपो नआइपुग्दै बीचैमा ट्यांकरधनी र चालकको मिलेमतोमा चोरिन्छ। ढुवानी व्यवसायी र निगम कर्मचारीसमेतको संगठित गिरोह नै चोरीमा सक्रिय रहेको पटकपटक पुष्टि भए पनि सामान्य कारबाहीमा छाडिँदा धन्दा फस्टाइरहेको छ।

चोरीमा संलग्न ट्यांकरधनी र चालकमाथि कहिल्यै उपयुक्त कारबाही हुँदैन। ठूलो कारबाही गर्न खोजे महासंघकै अगुवाइमा आपूर्ति ठप्प पारिन्छ।
सामान्य कारबाही गरेर उन्मुक्ति दिँदा त्यसको मार पर्छ उपभोक्तालाई। कम परिमाणको तेल लिन बाध्य पम्प सञ्चालकले ‘तलमाथिु नगरे घाटा सहनुपर्छ, परिणामस्वरुप उपभोक्ता घाटापूर्तिको मारमा पर्छन्।

‘पेट्रोलपम्प व्यवसायी ढुवानीकर्ताको बँधुवा मजदुरझैं बन्न बाध्य छौं। तेल चोरीबारे आयल निगमलाई थाहा छ, तर कहिल्यै कारबाही हुँदैन, बरु ढुवानीकर्ताकै खटनपटनमा निगम चल्नुपर्ने अवस्था छ,ु नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका निर्वतमान अध्यक्ष सरोज पाण्डेले बिहीबार भने, ‘ढुवानीकर्ताले कम तेल दिएपछि पम्प व्यवसायीले कि नोक्सानी खानुपर्योर, कि नापतौलमा हेराफेरी गर्नुपर्योे।’

तेल चोरीको सबैभन्दा ठूलो समस्या अमलेखन्ज, विराटनगर र भैरहवामा छ। यी डिपोमा आउने तेल ट्यांकरपिच्छे सय लिटरसम्म कम हुन्छ। अरू डिपोमा पनि एक ट्यांकरमा ५० लिटरसम्म कम आउँछ।

भारतबाट निगमको डिपो ल्याइपुर्यानउनुअघि तेल चोरी हुनेबारे निगमका अधिकारी जानकार छन्। डिपोमा बसेका कतिपय प्रमुखकै मिलेमतोमा ढुवानीकर्ता र चालकले तेल चोरीको धन्दा चलाउँछन्। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित