२८ आश्विन २०८३, बुधबार

सुर्तीजन्य पदार्थसम्बन्धी ऐन कार्यान्वयन हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Smokeगौशाला, १८ वैशाख । महोत्तरी जिल्लामा खुल्ला सिमानाका कारण सुर्तीजन्य पदार्थ नीतिनियमनसम्बन्धी ऐन, २०६३ कार्यान्वयन हुन नसकेको सरोकारवालाले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सुर्तीजन्य पदार्थ नीतिनियमनसम्बन्धी गोष्ठीमा सरोकारवालाले भारतको मधुवनी र सीतामढी जिल्लासँग सीमा जोडिएको महोत्तरीको १३ गाउँ विकास समितिको नाकाबाट पानपराग, गुट्का, सुर्तीलगायत सुर्तीजन्य पदार्थहरु भित्रिने गरेको बताएका छन् ।

भारतीय बजारबाट आयातीत सुर्तीजन्य पदार्थहरु महोत्तरीको सहरी र ग्रामीण बजारहरुमा खुलेआम बिक्री हुँदा पनि सम्बन्धित निकायले हालसम्म अनुगमन नगरेका कारण सो ऐन कार्यान्वयन नभएको आरोप उनीहरुले लगाएका छन् ।

चोरी–तस्करी गरी ल्याइएको पान मसालाले जिल्लाभर व्यापक बजार पाएको छ । यसले गर्दा सरकारले लाखौँ राजस्व गुमाइरहेको छ । भन्सार छली ल्याइएका गुट्का अहिले गाउँदेखि सहरसम्म सजिलै पाइने कार्यक्रममा अवगत गराइयो ।

चिया पसल, किराना, होटलमा सजिलै पाइने सादा र सुर्तीजन्य गुट्काको अहिले यहाँ माग बढ्दो छ । सानादेखि ठूलो सबै पान मसलाका पारखी बनेका छन् । अहिले दैनिक लाखौँ रुपैयाँका गुट्का भन्सार छलेर जिल्लाका विभिन्न नाकाबाट भित्रने गरिएका छन् ।

बोराका बोरा र प्याकेटका प्याकेट भित्रँदा पनि प्रहरी प्रशासन मौन बसेको आरोप सहभागीहरुले लगाएका छन् । गोष्ठीमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षा निकायका प्रमुख र नागरिक सामाजका अगुवाहरुको सहभागिता थियो ।