२८ आश्विन २०८३, बुधबार

अहिलेकै गतिमा मेलम्चीको पानी नौ वर्षपछि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Melamchiसिन्धुपाल्चोक । अहिलेकै गतिमा काम भए नौ वर्षपछि मात्र मेलम्चीको पानी उपत्यकावासीले पिउन पाउनेछन् । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत यतिखेर दैनिक ६ मिटर मात्र सुरुङ खन्ने काम भइरहेको छ । सरकारले २०७३ वैशाख १ मा उपत्यकामा पानी झार्ने घोषणा गरिसकेको छ ।

 

दैनिक ६ मिटरका दरले २१ हजार मिटर सुरुङ खन्न नौ वर्ष लाग्छ  । आयोजनाले असारदेखि दैनिक ४० मिटर सुरुङ खन्ने भनेको छ । त्यही गतिमा काम हुदा १ वर्ष ४ महिनामै पूरा हुन्छ ।

 

मेलम्ची खानेपानी आयोजनाका उपनिर्देशक घनश्याम भ‌ट‍टराईका अनुसार मुख्य सुरुङमार्ग ९अडिटमार्गबाहेक० निर्माण तीव्र गतिमा अघि बढिरहेको छ ।

 

‘मुख्य सुरुङमार्ग खनिराखेका छौं, विगतभन्दा काम उत्साहजनक छ’ उनले भने, ‘दैनिक ४० मिटर सुरुङ  खन्ने लक्ष्य राखेका छौं । यही गतिमा काम अघि बढे दुई वर्ष भित्र राजधानीबासीले मेलम्चीको पानी पिउछन ।’ केही मेसिन ल्याउन बाँकी रहेको भन्दै उनले  कामको गति बढाइने दाबी गरे ।

 

गत साउनदेखि इटालियन कम्पनी सीएमसीले नया ठेक्का पाए पनि दक्ष कामदार अभावले सुरुङमार्ग निर्माणमा ढिलाई भएको हो । भटटराइले ठेकेदारले १ सय ८१ मिटर सुरुङमार्ग खनिसकेको बताए । ग्यालथुङ अडिटको माथिल्लोतिर ३७ मिटर र तल्लोतिर २ मिटर, सिन्धु अडिटको तल्लोतिर २ मिटर र सुन्दरीजलमा करिब १ सय २० मिटर भन्दा बढी सुरुङ खनिसकिएको छ । केही दिनभित्रै अम्बाथान अडिटबाट पनि काम सुचारु गरिने उनको भनाइ छ ।

 

आयोजनाको निरीक्षण गर्न मेलम्ची पुगेका सहरी विकासमन्त्री नारायण खडकाले काममा आउने अबरोधको सामना गरी अघि बढन सरकार तयार रहेको  बताए । ‘राष्ट्रिय गौरव महत्वको आयोजना हो । चाँडो सम्पन्न गर्नुपर्छ । पहिले भन्दा अहिले काम तिव्रगतिमा अघि बढेको छ’ उनले भने ।

 

आयोजनाको २७ किमि मध्ये साढे ६ किमि सुरुङ खन्ने काम यस अघि चिनियाँ ठेकेदार चाइना फिफटिन रेल्वे ब्युरोले गरेको थियो । सन् २०१३ को सुरुमै सुरुङ सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदारको अत्यन्त सुस्त कार्यप्रगतिका कारण सरकारले गत कार्तिकमा उसँग सम्झौता रद्द गरेको थियो ।

 

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने योजना छ । त्यसका लागि सीएमसीलाई ठेक्का सम्झौतामा ढिलोमा ३६ महिनाभित्र सुरुङ र इन्टेक निर्माण गरिसक्नुपर्ने समयसीमा दिइएको छ ।

 

सुरुङ मार्ग निर्माणमा सबभन्दा कम रकम प्रस्ताव गरेको सीएमसी र मेलम्ची खानेपानी आयोजनाबीच सोमबार ठेक्का सम्झौता भएको छ । दैनिक १६ करोड लिटर पान प्रशोधन गर्न सुन्दरीजलमा संरचना निर्माण सुरु भइसकेको छ । निर्माणको ठेक्का ४ अर्ब २० करोड रुपैयाँ प्रस्तावमा अष्ट्रेलियाको भीएटेक डब्लूएबीएजी लिमिटेड र भारतको प्रतिभा लिमिटेडको जोइन्ट भेन्चरले पाएको छ । कान्तिपुर दैनिकबाट