२८ आश्विन २०८३, बुधबार

दफा हटाउन गृहमा पत्राचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Policeकाठमाडौं । नयाँ नियमावलीमा बढुवासम्बन्धी राखेको मापदण्ड हटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

 

प्रहरीलाई तत्काल सुहाउँदो नरहेको भन्दै नियमावलीको नियम ३५ दफा ७ लाई हटाइदिन अनुरोध गर्दै मुख्यालयले गृहको प्रहरी प्रशासन महाशाखालाई पत्र पठाएको हो ।

 

मन्त्रिपरिषद्बाट पारित भएको नियमावलीमा बढुवा हुन दुईवटा तालिम गरेको अंक जोडिने व्यवस्थाले धेरै प्रहरीलाई अप्ठ्यारो पर्ने भन्दै दफा हटाइदिन र त्यो नभए एक वर्षसम्मका लागि उक्त दफालाई निष्क्रिय राखिदिन अनुरोध गरिएको हो ।

 

प्रहरीको नीति निर्माण तह पोलिसी कोअर्डिनेसन कमिटी ९पीसीसी० को सोमबार राति अबेरसम्म बसेको बैठकको निर्णयअनुसार मुख्यालयले आग्रह गरेको हो ।

 

पीसीसी बैठकमा नायब महानिरीक्षकदेखि माथिल्लो दर्जाका प्रहरी अधिकारी बस्ने गर्छन् । नियमावलीमा तालिमका लागि ७ दशमलव ५ अंक दिने व्यवस्था गरेको छ । यो अंकले प्रहरी कर्मचारीको बढुवामा ठूलो अर्थ राख्ने मुख्यालयका एक अधिकारीको भनाइ छ । कान्तिपुर दैनिकबाट