२८ आश्विन २०८३, बुधबार

नोकियाले निकाल्यो औंलामा लगाउन मिल्ने स्मार्टफोन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nokia

काठमाडौं । नयाँ ग्याजेट र नयाँ टेकनिकले पूरै दुनियाँमा आफ्नो स्थान बनाइरहेको छ । सेल फोन, मोबाइलपछि अब स्मार्टफोन, ट्याब्लेट र लगाउन मिल्ने ग्याजेटहरुप्रति मानिसहरुको लगाव बढिरहेको छ ।

भर्खरै नोकियाले एउटा यस्तो स्मार्टफोन डिभाइस बनाएको छ जसलाई औँलामा लगाउन सकिनेछ । तपाईं फोनलाई नछोइकन नै फोन गर्न उठाउन सक्नुहुन्छ । यो ग्याजेट वाटरप्रुफ हो ।

अब स्मार्ट रिंगको मद्दतले मोबाइल तपाईंको औंलामा सिमित हुनेछ । नोकियाको तर्फबाट यस्तो ग्याजेट तयार गरिएको छ जसलाई औँलामा औंठीजस्तै लगाउन सकिनेछ । यसले तपाईंको ब्लड प्रेसर र स्ट्रेस लेबल कन्ट्रोल गर्न पनि सहयोग गर्नेछ । एजेन्सी