बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्षस्थानमा उक्लियो

काठमाडौं, २४ मंसिर । उपाधि दावेदार मनाङ मर्स्याङ्दी क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै मनाङ शीर्षस्थानमा उक्लन सफल...

शिवराजमा प्रथम वडास्तरीय खेलकुद : वडा नम्बर २ मा १२ वटा समूहबीच प्रतिस्पर्धा हुँदै

 कपिलवस्तु, २३ मंसिर । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर २ मा वडास्तरीय खेलकुदको शुभआरम्भ भएको छ । नगरस्तरीय खेलकुदका लागि उत्कृष्ट खेलाडी छनोट गर्न वडा नं. २ ले वडामा १२ वटा समूहलाई खेलकुदका लागि...

पाँच पटकको विजेता बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

काठमाडौं, २३ मंसिर । पाँच पल्टको युरोपेली च्याम्पियन बार्सिलोना बुधबार बायर्न म्युनिकसँग ३–० ले पराजित हुँदै च्याम्पिन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । पछिल्लो १७ वर्षयता बार्सिलोना नकआउट चरण पुग्न असफल रहेको यो पहिलो...

विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु हुँदै

काठमाडौं, २२ मंसिर । विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु भएको छ । ४२ दिनसम्म चल्ने एसेसमा पाँच टेस्ट खेलिने छन् । अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने यो प्रतियोगितालाई भारत र...

इङ्ग्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनललाई हरायो

काठमाडौं, २१ मंसिर । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई हराएको छ । घरेलु मैदान गुडिसन पार्कमा गएराति भएको खेलमा एभर्टनले आर्सनलाई २–१ गोलले हराएको हो । एभर्टनका रिचार्लीसन र डिमाराई ग्रेले एकरएक गोल...

‘कामना सेवा फुट्सल कप २०२१’ आयोजना गर्दै कामना बैंक

काठमाडौं, २० मंसिर । कामना सेवा विकास बैंकले ‘कामना सेवा फुट्सल कप २०२१’ आयोजना गर्ने भएको छ । ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ नारा दिएर बैंकले आगामी पुसको दोस्रोे हप्तामा पहिलो ‘कामना सेवा फुट्सल कप...

इंग्लिस प्रिमियर लिग : युनाइटेड र टोटनह्याम विजयी

काठमाडौं, २० मंसिर । जारी इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र टोटनह्यामले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको हो ।...

विदेशी लिग खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी बनिन् सीता

काठमाडौं, १८ मंसिर । नेपाली महिला क्रिकेट टोलीकी सीता रानामगर विदेशी लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । सीताले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी हुन्...

युनाइटेडले आर्सनललाई हरायो, रोनाल्डोले पूरा गरे ८०० गोल

काठमाडौं, १७ मंसिर । जारी प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले आर्सनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले जित हात पारेको हो । रोनाल्डोले ५२औं मिनेटमा...

चीनमा हुने टेनिस प्रतियोगिता स्थगित

काठमाडौं, १६ मंसिर । विश्वभर महिला टेनिसलाई नियन्त्रण गर्ने संस्था महिला टेनिस एशोसिएसनले चीनमा हुने सबै टुर्नामेन्ट तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । चिनियाँ टेनिस खेलाडी पेङ सुआईको सुरक्षामा चिन्ता व्यक्त गर्दै...

युभेन्टस इटालियन सिरी ‘ए’ फुटबलको लयमा फर्कियो

लण्डन, १५ मंसिर । युभेन्टस इटालियन सिरी ए फुटबलमा जितको लयमा फर्किएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले पुछारको क्लब सालेर्नितानालाई २–० ले पराजित गरेको हो । युभेन्टसका लागि २१ औँ मिनेटमा...

पिएसजीका खेलाडी नेइमार ८ हप्ता मैदान बाहिर रहने

लण्डन, १४ मंसिर । पेरिस सेन्ट जर्मेन (पिएसजी)का खेलाडी नेइमार ८ हप्ता मैदान बाहिर हुने भएका छन् । गोलीगाँठोको लिगामेन्टमा समस्या देखिएपछि उनी खेल्न नसक्ने भएका हुन् । पिएसजीले उनी कम्तीमा ८ हप्ता मैदान...
1 171 172 173 174 175 582