बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

पत्रपत्रिकाबाट

देउवाले भने-कम्युनिस्टविरूद्ध बोल्नुस्, मविरूद्ध त बोल्न पाइहाल्नुहुन्छ नी

काठमाडौं, ३० जेठ । सरकारको कार्यशैलीविरूद्ध सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरू आक्रमकरूपमा प्रस्तुत भएका छन् । मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं राष्ट्रिय महाधिवेशनमा उनीहरू...

रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग

काठमाडौं, ३० जेठ । आर्थिक वर्ष ०७५-७६ मा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको डिपिआर तयार गरी निर्माण सुरु गर्ने योजना सरकारले सार्वजनिक गरेको छ । आगामी आवको बजेटमा समेटिएको उक्त घोषणाअनुसार अध्ययनको काम थालनी गर्नुपर्नेछ । नयाँ पत्रिका...

प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा : ऊर्जा सहयोगदेखि रेलमार्ग निर्माण समझदारीसम्म

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ ।...

३३ किलो सुनकाण्डमा प्रहरीका हाकिमहरूलाई फेरि छानविन सुरु

काठमाडौं, ३० जेठ । साढे ३३ किलो सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । आयोगले उनीहरूमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाएको हो । नयाँ पत्रिका दैनिकले...

३३ किलो सुनकाण्ड प्रकरणसँगै गुप्तचर निकायले लियो कडा एक्सन, पूरै सेट फेरबदल

काठमाडौं, २९ जेठ । राष्ट्रिय अनुसन्धान विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानस्थल निगरानी उपशाखामा खटिने पूरै सेट विभाग तानिएको छ । सेटलाई विभाग तानेर उपशाखामा क–कसलाई पठाइयो भन्ने विभागले खुलाएको छैन । विभागका अनुसन्धान...

अध्यक्षदेखि मन्त्रीसम्मको कार्यकालको टुंगो छैन

काठमाडौं, २९ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनादेखि गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडासम्मको कार्यकालको टुंगो गोलाप्रथाबाट लाग्नेछ । राष्ट्रिय सभाका अध्यक्षको कार्यकाल ६ वर्षअघि नै सकिए अर्को अध्यक्ष चयन गरिने कानुनविद् एवं...

राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल ४ असारमा टुंगो लाग्ने

काठमाडौं, २९ जेठ । राष्ट्रिय सभाका अध्यक्षसहित सबै सदस्यहरूको कार्यकाल टुंग्याउन ४ असारमा गोलाप्रथा हुने भएको छ । गोलाप्रथामा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सत्तापक्ष दलका नेता दीनानाथ शर्मा र प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेबीच रोचक...

सरकारको बजेटसँगै यसरी आकासियो बजार भाउ

काठमाडौं, २९ जेठ । १५ जेठको बजेटपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको छ । उपभोक्ताहरू कृत्रिम मूल्यवृद्धिको मारले रन्थनिएका छन् । बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले...

सस्तोमा जग्गा नबेचेको भन्दै नाङ्गै बनाएर महिलालाई कुटपिट

दाङ, २९ जेठ । सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् ।...

दरवन्दी कटौतिपछि प्रहरीभित्र छटपटी, तीन एआईजी छान्न ठूलै दबाब

काठमाडौं, २९ जेठ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी अहिले कायम भएको एआइजीको दरबन्दीमा भारी कटौती गरेको छ । नेपाल प्रहरीका प्राविधिकसहित ४ र सशस्त्र प्रहरीमा २ जना एआइजी राख्ने गरी सरकारले निर्णय...

एसपी खड्काका कारण माफिया र डनहरूको निद हराम, अबैध व्यवसाय यसरी भयो चौपट

बनेपा, २९ जेठ । अवैध रूपमा सञ्चालन भएका काभ्रेका विभिन्न ठाउँका क्रसर र खानी बन्द गर्न प्रहरीले सात दिने अल्टिमेटम दिएको छ । काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले पदवहाली गरेसँगै दश वर्षदेखि चल्दै...

सरकारद्वारा पाँच एआईजीलाई राजीनामा दिन दवाव

काठमाडौं, २८ जेठ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक एआईजी को दरबन्दी दुईमात्रै कामय गरेपछि सो संगठनका पाँच एआईजीलाई राजीनामा दिन दवाव परेको छ । सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआईजी जानकीराम भट्टराई,...
1 698 699 700 701 702 1,596