शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

बेहुला नभएको त्यो विहे

दैनिक नेपाल २०७५ असोज २६ गते ८:३०

न्युयोर्क । त्यो विवाहका बेहुला केन्डल मुर्फीको ९ महिनाअघि दुर्घटनामा निधन भयो । बेहुली जेसिका प्याडगेट आफ्नो विवाह पहिरनमा एक्लै उभिएकी छन् । केन्डलको समाधि स्थल नजिकै । यो घटना हो अमेरिकाको इन्डियाना राज्यको ।

केन्डल र जेसिकाको घर सात माइल पर थियो । उनीहरू कलेजमा पहिलो पटक भेटिएका हुन् । दुवै अमेरिकी फुटबलका ठूला फ्यान ।

केन्डलले नोट्री रंगशालाको सोलो टुरको बेला जेसिकालाई सरप्राइज दिए । उनले जेसिकालाई रंगशालामै विवाहका लागि प्रस्ताव गरे ।

अग्निनियन्त्रक केन्डलको गएको नोभेम्बरमा रक्सीले मातेका ड्राइभरले चलाएको गाडीले ठक्कर दिँदा निधन भयो । २५ वर्षकी जेसिका स्वभाविक रुपले टुटिन् ।

उनले केन्डललाई सम्झिँदै भनिन्, ‘उ निकै उत्कृष्ट व्यक्ति थियो । निकै माया गर्ने, अति दयालु थियो ।’

तर जेसिकाले केन्डलको निधन भए पनि पूर्व निर्धारित विवाहको मितिलाई निरश नबनाउने निर्णय गरिन् । गएको सेप्टेम्बर २९ मा विवाहको मिति थियो । जेसिका विवाहको सेतो ड्रेसमा सजिइन् । साथी तथा परिवारका सदस्य जम्मा भए ।

विवाहको तस्बिर खिच्नका लागि जेसिका र केन्डलले फोटोग्राफर बुक गरेका थिए । तिनै फोटोग्राफरले फोटो खिचे ।

जेसिकाले मात्रै होइन उनलाई थाहा नदिइ केन्डलकी आमाले पनि फोटोग्राफरसँग यो असहज विवाहको फोटो खिच्नका लागि आग्रह गरेकी थिइन् । त्यसपछि फोटोग्राफर तयार भइन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित