मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

अनुगमनका क्रममा पाइयो यस्तो कुहिएको मासु

दैनिक नेपाल २०७५ असोज २५ गते १९:१२

इटहरी, २५ असोज । इटहरी बजारको अनुगमनको क्रममा कुहिएको मासु समेत बेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरले गरेको अनुगमनमा सहभागी उपभोक्ता मंच नेपालका अध्यक्ष ठगेन्द्र आर्चायका अनुसार केहि पसलमा खसी र कुखुराको कुहिएको मासु समेत बेच्न राखेको पाइएको हो ।

अनुगमनमा रहेका जिल्ला भेटेनरी अस्पतालका डा. मनोज कुमार महतोले अनुगमन गरिएको धेरै पसलको मासु स्वास्थ्यको हिसावले खान खान योग्य नरहेको पाइएको बताए । पशु वधशाला तथा मासु जाँच नियमावली २०५७ वमोजिमको मापदण्ड कसैले पनि पालना गरिएको पाइएन ।

पसलमा जाली शिसा लगाउनु पर्ने, टायल लगाएर सजिलै सफा गर्न सकिने वनाइदिनु पर्ने, मूल्यसूची, बोर्ड राखिनुपर्ने, औजार र जोख्ने समान सफा सुग्घर हुनुपर्नेमा अधिकाँशमा त्यस्तो नभएको डा. महतोले बताए । डा. महतोले मासुका कारण २ सय ७५ किसिमका रोग सर्ने भएकाले उपभोक्ता सचेत रहनुपर्ने बताए । खुल्ला रुपमा नालीका छेउमा समेत मासुपसल राखेको पाइएको छ ।

अधिकांश मासु पसल ब्यवसायीक दर्ता विना नै सञ्चालनमा रहेको पाइएको हो । यस्तै नापतौलमा पनि उपभोक्ता ठगिइरहेको पाइएको छ । पहिलो पटक सुधारका लागि सचेत गराइएको अर्को पटक अनुगमन गर्दा सुधार नगरे कारबाहीको प्रक्रियामा जाने अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित