शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

काश्मिरमा सुरक्षाकर्मी र आतंकारीबीच दोहोरो झडप, २ को मृत्यु

दैनिक नेपाल २०७५ असोज २५ गते १७:४३

काठमाडौँ, २५ असोज ।  भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतंककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको छ।

मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतंककारीहरु नै रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

भारत नियन्त्रित सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा दोहोरो झडप भएको थियो।हान्दवारा जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे झडप भएको थियो।

झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित