शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

निर्मलाको भजाइनल स्वाब सुरक्षित राख्न निर्देशन दियो मानवअधिकार आयोगले

दैनिक नेपाल २०७५ असोज २५ गते १६:१६

काठमाडौं, २५ असोज । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको भजाइनल स्वाब सुरक्षित राख्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई भनेको छ ।

डीएनए परीक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनबारे बिहीबार विज्ञहरुसँग छलफल गर्दै आयोगले परिक्षणका लागि निकालिएका सबै नमुनाहरुलाई सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिएको हो । केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए टेष्ट पनि शंकास्पद देखिएको आयोगको ठहर छ ।

बिहीबारको छलफलबाट थप परिक्षण जरुरी रहेको निष्कर्ष निकालिएको आयोगले जनाएको छ । परिक्षणका सबै प्रक्रियाहरुबारे बताउन पनि महाकाली अञ्चल अस्पताललाई भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित