शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

पत्रकार पुस्तकालयको शिलान्यास

दैनिक नेपाल २०७५ असोज २५ गते १५:४२


असोज २५, काठमाडौं । गैरआवासीय नेपाली संघको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघमा पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको शिलान्यास गरिएको छ ।

महासंघमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघमा बन्ने पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले गैरआवासीय नेपाली संघप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले पत्रकारिता राज्यको महत्वपूर्ण अंग भएका कारण महासंघसँग सहकार्य गरेको बताए । उनले समृद्ध नेपालका लागि गैरआवासीय संघ लागि परेको धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित