मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

रोनाल्डोको बलात्कार मुद्धामा वकिलको नयाँ दाबी

दैनिक नेपाल २०७५ असोज २५ गते १०:४४

लण्डन, २५ असोज । फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कारको आरोप झुट रहेको दाबी गरिएको छ ।

ती महिलाले आरोप दर्ता गर्ने क्रमम सबै झुटा कागजात बनाएको रोनाल्डोका वकिलले बताएका छन् । ३३ वर्षका रोनाल्डोमाथि ३४ वर्षकी अमेरिकी महिला क्याथरिन मायोर्गाले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् ।

लस भेगासको होटलमा सन् २००९ मा भएको भनिएको घटना रोनाल्डोले स्पष्ट रुपले अस्वीकार गरेका छन् । क्याथरिनले रोनाल्डोले होटलको रुममा आफूमाथि आक्रमण गरेको आरोप लगाएकी छन् ।

रोनाल्डोका वकिल पिटर क्रिष्टिएन्सनले जारी गरेको वक्तव्यमा रोनाल्डोले सबै आरोप ‘स्पष्ट रुपले अस्वीकार गरेको र आरोप निकै घृणित रहेको’ उल्लेख गरिएको छ ।

क्याथरिनका साथमा लस भेगासको नाइट क्लबमा रोनाल्डो । जर्मनीको पत्रिका डेर स्पिगलमा आरोप सम्बन्धी खबर सबैभन्दा पहिले छापिएपछि रोनाल्डोले ‘फेक न्युज’ भन्दै अस्वीकार गरेका थिए । रोनाल्डोका प्रतिनिधिले साप्ताहिक म्यागजिन विरुद्ध कानुनी उपचारको बाटो प्रयोग गर्ने पनि बताएका थिए ।

रोनाल्डोका वकिल क्रिष्टिएन्सनले आरोप सम्बन्धी खबर प्रकाशित गर्ने सञ्चार माध्यम निकै गैरजिम्मेवार रहेको उल्लेख गरेका छन् ।

चोरी गरिएको र सजिलै म्यानुपुलेट गर्न मिल्ने डिजिटल कागजातको भरमा आरोप लगाएको उनले बताएका छन् । यस्तै कागजातको महत्वपूर्ण भाग पूर्णरुपले परिवर्तन गरेर झुट बनाइएको रोनाल्डोका वकिलले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित