शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

कसप्रति लक्षित छ ईश्वर पोखरेलको यो अभिव्यक्ति ? ‘नेकपा’मा तरंग

दैनिक नेपाल २०७५ असोज २४ गते ८:२०

काठमाडौं, २४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेलले आफूहरू शक्तिशाली बने पनि त्यसलाई सच्चा शक्तिमा बदल्नु आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बुधबार सन्देश लेख्दै पोखरेलले आफ्नो अभ्यास र आचारणलाई नयाँस्तरमा उठाउनुपर्ने बताएका हुन् ।

‘हामी थप एकतावद्ध बनेका छौं । कता हो कता । शक्तिशाली पनि बनेका छौं । तर हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयंले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँस्तरमा उठाउनु र स्थापित गर्नु ज़रूरी छ’, उनले भनेका छन्, ‘प्राप्त भएको उचाइँसंगै चुनौतीहरू पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिवेला पनि हेक्का राख्नु ज़रूरी छ ।’

उनले भनेका छन्, ‘त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयंले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने ज़रूरी छ । हाम्रा राम्रा कुराहरूले हामी स्वयंले विकास गरेका राम्रा कुराहरूले मात्र हामीलाई बचाउन सक्नेछन् । हामी नयाँस्तरमा उठ्न सक्नेछौं ।’

गृहजिल्ला बर्दियाबाट पराजित नेकपाका सचिवालय सदस्य वामदेव गौतम काठमाडौं ७ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने अन्तिम तयारी भइरहेका बेला मन्त्री पोखरेलले नेताहरूलाई नयाँस्तरमा उठ्न आह्वान गरेका हुन् ।

उनले भनेका छन्, ‘हिजो अत्यन्त प्रतिकूल अवस्थामा एक किसिमले केही नभएको अवस्थामा, अथक प्रयत्नका साथ हामीले कम्युनिष्ट पार्टी बनायौं र त्यसलाई एउटा नयाँ उचाइमा पुर्यायौं । मैलिकतामा आधारित सुसंगत विचारका श्रृंखला विकास गर्यौं । सुदृढ संगठनात्मक संरचना तथा आमजनतामा स्थापित नेतृत्व पंक्ति विकास गर्यौं । यसक्रममा पार्टीभित्रै देखापर्ने विकृति/विसंगतीका विरूद्धमा जुध्यौं र त्यसका वाहकहरूलाई पराजित गर्दै अघि बढ्यौं ( बढिरह्यौं १ हामी एकता र एकतावद्ध हुने कुराको पक्षमा उभिइरह्यौं, फूट विभाजनका विरूद्धमा चट्टानी ढंगले खडा भयौं र पराजीत गर्यौं । यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौं, हामी ।’

‘क्रान्तिकारी शक्ति निर्माण गर्ने नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने’ नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं । देशमा क्रान्तिकारी परिवर्तन गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं । जनताले नरूचाएका वा जनतालाई हानी पुर्याउने कुनै रूमानी संघर्षमा रमाएनौं, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौं’, मन्त्री पोखरेलले भनेका छन्, ‘हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकाँक्षा कहिले पनि झांगिन पाएन, फल्न फूल्न पाएन । यसरी , हामी राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल रह्यौं, राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौं ।’

प्रतिक्रिया
सम्बन्धित