शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

‘छुटेका अनुहार’ लिएर आए रमेश सायन

दैनिक नेपाल २०७५ असोज २१ गते १२:४३


काठमाडौं । लोकप्रिय कवि तथा निबन्धकार रमेश सायनको पहिलो निबन्ध संग्रह ‘छुटेका अनुहार’ सार्वजनिक भएको छ ।सायनकी पत्नी दीपा दाहालले कृति सार्वजनिक गरिन् ।

कार्यक्रममा कवि नवराज पराजुलीले कृतिभित्र रहेको ‘फेल’ निबन्धलाई कवितात्मक शैलीमा वाचन गरेका थिए । कार्यक्रममा कृतिमाथि अन्तरक्रियासमेत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा कवि पराजुलीले निबन्ध लेख्नुको कारण के हो ? भनेर प्रश्नको ढोका खोलेका थिए।

लेखक सायनले देशको सामाजिक असमानता र आफूले बाचेको समाजमा हुने गरेको महिला पुरुष, धनी गरिब, तल्लो र माथिल्लो जाती बीचको विभेद भोगी आएको हुनाले यो विभेद पाठकसामु पुर्‍याउन निबन्ध लेखेको दाबी गरे । कविता लेखिरहेको मान्छेले निबन्ध रोज्नुको कारण के हो भन्ने पराजुलीको प्रश्नमा सायनले आफूले भन्नुपर्ने कुरा जुन माध्यमबाट भन्दा पाठकले सजिलै ग्रहण गर्न सक्छन् त्यही बाटो अपनाएको जवाफ दिए ।

आफूले लेखेको निबन्धले आफ्नो जीवनको उचाइ लिन्छ भनेर निबन्ध नलखेको सायनले स्पष्ट पारे । कार्यक्रममा लेखक सायनले यस पुस्तकमा आफूले सत्यता मात्र लेखेको दाबी गर्दै पाठकलाई पढेर सत्य मनले प्रतिक्रिया दिनसमेत आग्रह गरे ।

यो कृति पढ्ने हरेक पाठकले आफ्नो जीवनका अवयवहरू भेट्टाउने कुरामा आफू विश्वस्त रहेको उनले बताए। सबैले यो कृति मन पराउछँन् भन्ने आफूलाई नलागेपनि पुस्तक पढिसकेपछि प्रतिक्रिया दिन उनले अनुरोध समेत गरे । पाठकको प्रतिक्रियाले मात्र आफ्नो लेखन सुधार हुने उनले आशय व्यक्त गरेका थिए ।

पुस्तक लिपि बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ३४५ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित