मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

बढुवा भएका यी तीन एआइजीहरूलाई दिइयो जिम्मेवारी

दैनिक नेपाल २०७५ असोज ६ गते ८:३३

काठमाडौं, ६ असोज । सरकारले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवा गरेको छ ।

शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले एआइजीहरूको बढुवाको निर्णय गरेको हो ।

एआइजीमा बढुवा हुनेमा पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन् । कार्कीले प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग सम्हाल्ने छन् ।

राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित