मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

विज्ञापनमा खानेपानी मन्त्री बिना : ताली भन्दा गाली धेरै

दैनिक नेपाल २०७५ असोज ५ गते १५:५३

काठमाडौं, ५ असोज । दशैंअघि नै काठमाडौंमा कुलेखानी आयोजनाको पानी वितरण हुने डंका पिटेकी मन्त्री बिना मगरको एउटा भिडियो विज्ञापनमा ताली भन्दा गाली धेरै बर्सिएको छ ।

उनको फेसबुक पेजमा राखिएको उक्त भिडियोमा सर्वसाधारणले आक्रोश पोखेका छन् । मन्त्री हुनासाथ कुलेखानी दशैं अघि नै काठमाडौं उपत्यकामा वितरण नभए कर्मचारीलगायत सबैलाई कारबाही गर्ने घोषणा गरेकी थिइन् ।

केही सर्वसाधारणले उनले यसरी दिएको अन्तरवार्ताका फाइल कपी समेत कमेन्ट बक्समा राखेका छन् । खानेपानीमा समस्या भए सिधै फोन गर्नका लागि अपिल गर्दै बनेको भिडियो विज्ञापनमा मन्त्री बिनाले तारिफ पाउन सकेकी छैनन् ।

खानेपानी मन्त्रालयमा कर्मचारी हेरफेर, विदेश जान समेत रोक लगाएकी बिनाका लागि कुलेखानीको पानीमाथि गरेको अहिलेको राजनीति घामट भइसकेको उनकै फेसबुकमा आएका कमेन्टले प्रस्टिन्छ ।

केही बचकना सल्लाहकार, कर्मचारी र नेताले दिएको सुझावका आधारमा हतारमा मन्त्री बिनाले कुलेखानी पानी ल्याउने अठोट गरेकी थिइन् । मन्त्री हुनासाथ कुलेखानी आयोजनाको अवलोकन गरी रिपोर्टर्स क्लबमा आएर पनि उनले दशैंअघि जसरी पनि पानी काठमाडौंमा झार्ने बताएकी थिइन् । जुन सम्भव हुन सकेन ।

 

उनको फेसबुकमा आएका केही जनप्रतिक्रिया यहाँ संकलित गरिएको छ । उनको भिडियो सन्देशमा चित्त नबुझाएका बी राईले लेखेका छन्,‘पिउने पानी कि खाने पानी हौ मन्त्री ज्यु ! अनिल लाजसरम छैन मेलम्ची आयोजना कति बर्ष भयो ? त्यसको बारेमा के हुँदैन ? नबोल्ने ?’

बिनाका लागि मन्त्री बन्नु सामान्य भए पनि मन्त्रालय चलाउने जिम्मेबारी निक्कै भारी परेको छ । खानेपानी विभागका महानिर्देशक तेजराज भट्टलाई कायम राख्ने, मन्त्रालयका सचिव फेर्ने, राजनीतिक दबाबमा काम गर्न नपाउनु नै उनलाई फलामको च्युरा चपाउनु सरह बनेको छ ।

मिनबहादुुर पण्डितले व्यंग्यात्मक प्रश्न गरेका छन्,‘पिउने पानी मन्त्री बिना मगर ज्युलाई मेरो प्रश्न– मेलम्ची खानेपानीमा केयुकेएलको कति प्रतिशत लगानी छ र उसले व्यवस्थापन हेरेवापत कति फाइदा पाउँछ ? मेलम्ची आयोजनामा २५ अर्ब ऋण लिएर लगानी गर्नेचाहीँ नेपाल सरकार अनि फाइदा खानेचाहीँ केयुकेएल ?’

मन्त्रीका बोली, व्यवाहार र घोषणासँग आमसाधारण असन्तुष्ट रहेको उदाहरण उनकै फेसबुकका प्रतिक्रिया दिनेहरू छन् । सन्देश भुजेल लेख्छन्,‘मन्त्री जी तपाई चढ्ने गाडीको पैसाले कुनै विकट गाउँमा स्वच्छ खानेपानी पुराउन सकिन्छ । के तपाईहरु १०–१५ लाखको गाडी चढे हुन्न र ? २–४ करोडकै चढ्नुपर्छ र ? बरु त्यो पैसा जनताका लागि खर्च गर्नुस तपाई स्वच्छ मन्त्री मानिन्छ ।’

बिनासँग सन्तुष्ट भएका प्रायः कोही देखिएका छैनन् । भक्त राना मगर लेख्छन्,‘यो काम गर्नुभन्दा पहिले खोक्ने सरकारका मन्त्री पर्नु भयो, मन्त्री भए लगत्तै मेलम्चीको पानी २५ दिनभित्र काठमाडौं झार्छु भन्नुभयो । अब के भन्नुहुन्छ ?’

बिनाले दिएको भरोसामा उनीसँग जोडिएका कत्ति पनि आशावादी देखिएका छैनन् । तर खानेपानी मन्त्रालयमा भने उनले कर्मचारीलाई विदेश नजान उर्दी जारी गरेकी छन् । नेपालमा खानेपानीको आधुनिकीकरण गर्नका लागि विदेशी प्रयोगलाई अध्ययनका लागि कर्मचारी विदेश जाने गरेका छन् । खानेपानी मन्त्रालयमा सबैभन्दा धेरै इन्जिनियरहरूको दरबन्दी छ ।

प्रतिक्रिया
सम्बन्धित