शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

उपराष्ट्रपतिको चीन भ्रमणः सिचुवान प्रान्त सचिवसँग भेट

दैनिक नेपाल २०७५ असोज ५ गते १३:४५

छेन्दु, ५ असोज । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपतिसँग सिपिसीका सिचुवान प्रान्त सचिवले स्थानीय समय अनुसार शुक्रबार विहान ९ बजे शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको बताए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताए । उपराष्ट्रपतिले चीन र नेपालबीच भएका पछिल्ला संझौता र समझदारीहरुले दुई देशबीचको सम्बन्ध परम्परागत भन्दा माथि उठेको बताए ।

भेटमा सिपिसीका सिचुवान प्रान्तका सचिव पेङले चीन नेपाल सम्बद्ध विशिष्ट प्रकारको रहेको बताए । सचिव पेङले सिचुवान प्रान्त र नेपालको सम्बन्ध ऐतिहासिक रहेको बताए । उनले नेपालको चौतर्फी विकासका लागि सहकार्य गर्न सिचुवान प्रान्त तयार रहेको उल्लेख गरे ।

उपराष्ट्रपतिसँग शुक्रबार नै सिपिसीका यिपिन नगर सेक्रेटरी लिउ झोङपोले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति शुक्रबार नै यिपिन नगरको भ्रमणका लागि छेन्दुबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित