मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

कम्पनीका गाडीको मात्र खुल्यो टिकट बुकिङ

दैनिक नेपाल २०७५ असोज ५ गते १३:०६


काठमाडौं, ५ असोज । शुक्रबारदेखि दशैंका लागि टिकट बुकिङ खुला गर्ने जनाएपनि यातायात व्यवशायी महासंघले टिकट बुकिङ खोलेको छैन । मुलुकी ऐन शंसोधन, इन्धनको मुल्य वृद्धि फिर्ता लगायत माग राख्दै महासंघले शुक्रबार टिकट बुकिङ नखोलेको हो ।

तर कम्पनी मोडलमा सञ्चालन भएका गाडीले भने टिकट बुकिङ शुक्रबार खोलेका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोर्कणप्रसाद उपाध्यायले भने केही दिनमै सबै किसिमका बसहरुको टिकट बुकिङ खुल्ने बताए । यातायात व्यवशायीहरुसँग छलफल भईरहेको र छिटै सहमति हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित