मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

निर्माण व्यवसायी महासंघको अधिवेशनमा सिंहको नेतृत्वमा प्यानल घोषणा (नामसहित)

दैनिक नेपाल २०७५ असोज ५ गते १३:००

काठमाडौं, ५ असोज । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा अध्यक्षका उम्मेदवार रवि सिंहले आफ्नो प्यानल घोषणा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सिंहले आफ्नो नेतृत्वमा चुनावी समुह अघि पनि सारेका छन् । उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे, महासचिवमा हुमनाथ कोइराला, प्रदेश नम्बर ३ मा उपाध्यक्षको लागि पेम्बा लामा, ४ नम्बर प्रदेशको उपाध्यक्षमा राजेन्द्र पहाडी, ५ नम्बर प्रदेशको उपाध्यक्षमा रुद्र शर्मा, ६ नम्बर प्रदेशको उपाध्यक्षमा रत्न खड्का, ७ नम्बर प्रदेशको उपाध्यक्षमा टेकबहादुर सेट्ठी रहेका छन् ।

त्यस्तै उप–महासचिवमा नीतिगततर्फ सुर्य तिमिल्सिना, आन्तरिकमा नरहरि थपलिया, कोषाध्यक्षमा हिरण श्रेष्ठ र सह–कोषाध्यक्ष सरस्वती कार्की रहेका छन् । १ र २ नम्बर प्रदेशमा छलफल भइरहेकाले अहिले नै उम्मेदवारी तय नभएको सिंहले जानकारी दिए ।

महासंघको विभिन्न पदमा रहेर १८ वर्ष काम काम गरेको अनुभव सुनाउँदै अध्यक्ष पदका उम्मेदवार सिंहले निर्माण व्यवसायी क्षेत्रमा व्याप्त रुपमा रहेको कार्टेलिङको अन्त्य गर्ने बताएका छन् ।

‘जसको नीति, उसकै नेतृत्व’ भन्ने नारा लिएर अध्यक्षको उम्मेदारी घोषणा गरेका सिंहले भने, ‘म यस संस्थाको विभिन्न पदमा रहेर काम गरिसकेको व्यक्ति हुँ, ठूला व्यवसायी र साना व्यवसायीबीचमा भएको खाडललाई पुर्नको लागि म पुनः नेतृत्व लिन चाहेको चाहन्छु, यदि मैले जितें भने असमान कामको वितरणलाई न्यायोचित रुपमा सम्बोधन गर्नेछु ।’

साक्षात्कारमा उनले भने, ‘यस क्षेत्रमा धेरै प्रकारका नीतिगत र भौतिक सुधारको खाँचो छ । म त्यो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा निर्वाह गर्न सक्छु । मैले यसपाली चुनाव जित्ने आधार भनेको नै म निश्कंलित छु । शक्तिशाली १५/२० जना ठूला निर्माण व्यावसायीको कब्जामा रहेको र अवैज्ञानिक रुपमा वितरण गरिने कामलाई व्यवहारिक बनाउन म यस मैदानमा पुन: आएको छु । यस क्षेत्रलाई सुधार गर्ने मेरो मुल नीति हो ।’

उनले भने, ‘मेरो नेतृत्वले निर्माण व्यवसायीहरुको उत्थान गर्ने हो । साना निर्माण व्यवसायीहरुको हितमा काम गर्ने हो, सरकारसँग हातेमालो गरेर विकास निर्माणका काम र खरिद ऐनलाई पारदर्शी बनाउने तवरले संशोधन गरेर समृद्धिको अभियानमा साथ दिने हो, जनतासँग नजिक रहने हो ।’

सिंह प्यानलका बरिष्ठ उपाध्यक्षका उम्मेदवार निकोलस पाण्डेले आफ्नो प्यानललाई जिताउनको लागि आग्रह गरेका छन् । आफूले यसअघिपनि उपाध्यक्ष भएर काम गरिसकेको उनले सुनाए ।

प्रतिक्रिया
सम्बन्धित