शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

सशस्त्र डिआइजी मन्दिप श्रेष्ठको आदेश नहुँदा हत्यारा सीमापार !

दैनिक नेपाल २०७५ असोज ४ गते १५:३३

काठमाडौं, ४ असोज । सशस्त्र प्रहरी पूर्वी क्षेत्रीय निर्देशनालय पकलीका प्रमुख डिआइजी मन्दिप श्रेष्ठको आदेश नहुँदा सुनसरीको हरिनगराका शिक्षकका हत्यारा सीमापार गर्न सफल भएका सर्वसाधारणले आरोप लगाएका छन् ।

एक प्रहरी जवानलाई समेत गोली प्रहार गरी मोटरसाइकलमा फरार रहेका उनीहरू सीमा सुरक्षा बेस क्याम्पबाट सहजै निस्किएका थिए ।

हत्यारा लगारिरहेका सर्वसाधारणले पक्राउ गर्नका लागि बारम्बार अपिल गर्दा समेत सशस्त्र प्रहरी मौन बसेको थियो ।

बिहीबार बिहान हरिनगराको भुटाहामा नेकपाका जिल्ला नेता तथा बोर्डिङका संस्थापक मौलाना खुर्सिद अन्सारीमाथि मोटरसाइकलमा आएका ४ जना व्यक्तिले हत्या गरी सहजै सीमापार भएका थिए ।

घटनास्थलबाट भारत छिर्ने पिच गरिएको एउटामात्र बाटो छ । हत्या हुनासार्थ सर्वसाधारणले प्रहरीलाई जानकारी गराएका थिए । हत्यारा सीमापार हुनका लागि सोही बाटोमा हिँडेको पनि जानकारी गराएका थिए । तर, प्रशासन संयन्त्रले सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई पनि जानकारी गराइसकेको थियो ।

‘घुुस्कीमा रहेका प्रहरीलाई हत्यारा हुन् भन्ने जानकारी थियो । रोक्न खोज्दा प्रहरी माथि नै गोली चलाइयो’, प्रत्यक्षदर्शीले भने,‘यसमा सशस्त्र प्रहरीले सहजीकरण गर्न नसक्दा हत्यारा भारत र्छिन सफल भए ।’

पक्रनका लागि निक्कै समयसम्म अपिल गर्दा ‘हामीलाई कुनै आदेश छैन’ भन्दै उनीहरु चुप लागेर बसेका कारण हत्यारा सीमापार भए ।

सामान्यतया सशस्त्र प्रहरीको सम्बन्धित बेस क्याम्पमा निर्देशनालयको आदेश जाने गर्छ । घटना हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलाई जानकारी गराइएको थियो । उनले हत्यारा पक्राउ गर्न बोर्डर शिल गरिएको प्रतिक्रिया पनि दिएका थिए । तर, सशस्त्र प्रहरीले सहजै हत्यारालाई भाग्ने बाटो दियो ।

जिल्लाको सुरक्षा संयन्त्रमा डिआइजी श्रेष्ठसहितका अन्य अधिकारी हुन्छन् । कुनै पनि घटनाको जानकारी सुरक्षा संयन्त्रमा चाँडो भन्दा चाँडो पुग्ने हुँदा सबै सुरक्षा निकायलाई जानकारी हुन्छ । सोही जानकारीअनुसार माथाहतका निकायलाई शिघ्र आदेश दिइने गरिन्छ । तर, सीमा सुरक्षामा रहेका सशस्त्र अधिकारीले ‘आदेश छैन’ भन्नुले डिआइजी श्रेष्ठलगायतका अधिकारी गम्भिर नभएको प्रस्ट भएको छ ।

अहिले सर्वसाधारण सशस्त्र प्रहरीसँग आक्रोशित छन् । प्रत्यक्षदर्शीले भने,‘हत्यारालाई पक्राउ गर्न सकिन्थ्यो तर आदेश छैन भन्ने उत्तर आयो । यत्रो भिँडले लखेटेको मान्छे पक्राउका लागि किन आदेश आएन भनियो ?’

 

प्रतिक्रिया
सम्बन्धित