शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

प्रहरीलाई कमजोर बनाएर सुव्यवस्था दिन सक्दैन

शिवजी श्रेष्ठ २०७५ असोज ४ गते १४:०५

-शिवजी श्रेष्ठ

अहिले नेपाल प्रहरीको बारेमा यत्रतत्र टिकाटिप्पणी सुन्न र पढ्न पाइन्छ । नेपाल प्रहरीको प्रत्येक काम कारवाहीले सामाजिक सञ्जालमा बिशेष स्थान पाइरहेकै हुन्छ । यो स्तरमा जनचासो हुनु प्रहरीको लागि एउटा सुखद पक्ष पनि हो, राम्रो काम गरे पनि चर्चा हुन्छ, नराम्रो काम भए झन् बढी चर्चा हुने गर्छ । अहिले कन्चनपुरको बलात्कार काण्डले त्यस्तै स्थान पाएको छ, जसरी केहि समय पहिले ३३ किलो सुनकाण्डले पाएको थियो ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएकोले जनचासो अरु भन्दा अलि बढी हुनु स्वाभाविकै हो, तर कहिलेकाही चाहिने भन्दा अलि बढी नै चासो राखिएको हो कि ? भन्ने भान हुन्छ । जनतासँग परोक्ष सरोकार राख्ने भएकोले प्रहरीको प्रत्येक गतिविधिमा सबैको चासो हुनु आवश्यक पनि छ, तर यो यस्तो होस्, जसले प्रहरीलाई सकारात्मक तवरले सजग अनि सतर्क गराओस् । तर, अहिले देखिएको कतिपय चासोहरू सकारात्मक तवरले मात्रै निर्देशित देखिनन्, कोही कोही त नियोजित त हैन भन्ने ? भन्ने किसिमको छ ।

प्रहरी प्रमुखमा नियुक्त भएपनि अर्का प्रतिस्पर्धीलाई साथै मिलेर काम गर्ने सक्ने वातावरणबाट धेरै टाढा पुर्‍याइदिइसकेको हुन्छ, यस्तोमा कि त बढुवा हुन् नसकेकाले जागिरै छाड्ने, कि त स्थायी प्रतिष्पर्धी नै भएर टांग लडाइरहने अवस्थामा पुर्‍याईदिन्छन् ।

जसै सरुवा–बढुवाको समाचार आउछ, अन्य क्षेत्रको विशिष्ट श्रेणीको सरुवा बढुवामा समेत त्यति जनचासो हुन्न, तर नेपाल प्रहरीको प्रत्येक सरुवा बढुवामा बडो जनचासो राखिन्छन् । अरु त अरु प्रहरी प्रमुखको बढुवामा त अझ झन महिना दिन अघि बाट नै बाहिरबाट पक्ष–बिपक्षमा बाडिएर क्याम्पेन नै शुरु गर्ने गरिएको देखिन्छ, अनि प्रचारबाजी यतिसम्म पुगिसकेको हुन्छ कि, प्रहरी प्रमुख नियुक्त हुँदासम्मम, कि त हिरो जस्तो कि त भिलिएन जस्तो बनाइदिइसकेको हुन्छ । त्यसबेला सम्म वातावरण यस्तो बनाइदिइ सकेको हुन्छ कि, जो प्रहरी प्रमुखमा नियुक्त भएपनि अर्का प्रतिस्पर्धीलाई साथै मिलेर काम गर्ने सक्ने वातावरणबाट धेरै टाढा पुर्‍याइदिइसकेको हुन्छ, यस्तोमा कि त बढुवा हुन् नसकेकाले जागिरै छाड्ने, कि त स्थायी प्रतिष्पर्धी नै भएर टांग लडाइरहने अवस्थामा पुर्‍याईदिन्छन् । यसमा सबैभन्दा बढी मिडियामा सञ्चारकर्मीहरु अनि सोसियल मिडियामा रमाउने ठूलै समूह सक्रिय हुन्छन् ।

यसैगरी समाज अहिले प्रहरीको मामिलामा यस्तरी बाँडिदै गएको छ कि, त्यहाँ एउटा तप्का जहिल्यै प्रहरी विवादमा परेको समाचार पढेर, देखेर अनि सुनेर रमाउने गरेको देखिन्छ, त्यसमा विवादमा परेको प्रहरी देखेर खुब रोमान्चित हुने एउटा वर्ग देखिन्छ । त्यसमा उसको कुनै स्वार्थ त हुँदैन तर, त्यसमा उसले आनन्द लिने गर्दछ । सँगसँगै एउटा अर्को वर्ग छ, जसले प्रहरीको प्रत्येक कमजोरीमा आफ्नो सबलता महसुश गर्दछ अनि प्रहरीको असफलतामा आफ्नो सफलता देख्दछ । जसले जुनसुकै संगठन भित्र कमि कमजोरी हुन्छ, अनि त्यसभित्र राम्रा–नराम्रा दुवै किसिमका मान्छेहरु हुन्छन् भन्ने कुरालाई नजर अन्दाज गरेर कुनै एउटा प्रहरी कर्मचारीको कमि–कमजोरीलाई सम्पूर्ण प्रहरी संगठनकै कमजोरीको रुपमा समाजमा ल्याइदिने प्रयत्न गर्दछ ।

अहिले भैरहेको पनि त्यहि छ, कन्चनपुरका स्थानीय प्रहरी, विशेष गरेर त्यहाँका प्रहरीका जिल्ला नेतृत्वले गरेको कमजोरीलाई सम्पूर्ण प्रहरीको कमजोरीको रुपमा उछाल्ने काम भैरहेको छ, हो त्यहाँका प्रहरीका तत्कालिन जिल्ला नेतृत्वले निकै ठूलो कमजोरी देखायो, अझ भनौँ यो संवेदनशील मुद्दालाई गैरजिम्मेवार तवरले ‘ह्यान्डल’ गर्‍यो, त्यसैको उठान यहाँ र यो स्तरसम्म आइपुग्यो । जुन कुरालाई नेपाल प्रहरीको मुख्य नेतृत्व स्वयम्ले महसुश गरिसकेको छ र त कञ्चनपुर नै पुगेर प्रहरी प्रमुखले ‘जिल्ला प्रहरीको प्रमुखको नालायकीपनको कारणले यस्तो हुन् गयो’ भनेर निलम्वन नै गरिसकेपछि अरु भनिरहन परेन अनि अहिलेलाई कुन गहिराइमा हेरेको छ ? भन्ने देखिन्छ । जे होस्, ढिलोचाँडो सत्यतथ्य बाहिर आउने नै हुँदा यो केशलाई भावी अनुसन्धानसम्म कुरेर बस्नु उपयुक्त मान्दै प्रहरीको कमजोरीमा रमाउने अर्थात प्रहरीको असफलतामा आफ्नो सफलता देख्ने प्रवृतिको कारण खोजि गर्नु जरुरी देखिन्छ ।

एउटा अर्को तप्का पनि छन्, जो प्रहरीको कमजोरीमा आनन्द मान्छन, जसलाई प्रहरीले उसको गल्तीमा कुनैदिन कारवाही गरेका थिए, जुन कानुनतः गर्नुपर्ने पनि थियो । यस्ता अपराधिक प्रवृतिका तप्काले बदलाका लागि प्रहरीको यस्तै कमजोरीहरुलाई इन्तजार गरिरहेका हुन्छन् र यस्तै मौकाको सदुपयोग गरेर यस्ता कुराहरुलाई उछाल्छन, तर अर्को तटस्थ तप्काले यो कुरालाई बुझेका हुदैनन् र तिनीहरुकै लहलहैमा लागिरहेका हुन्छन् र प्रहरीको बारेमा त्यस्तै नकारात्मक धारणा बनाएर बसेका हुन्छन् ।

प्रहरीको कमजोरीमा रमाउने एउटा कारक त प्रहरीभित्रै रहेको एउटा पक्ष छन्, जसले हिजो प्रहरीमा काम परेर आएका जनताको अपेक्षालाई उपेक्षा गरेर दुःख दिएका हुन्छन्, जसलाई मनको कुनै कुनामा लुकाएर बसिरहेका पीडित हुन्छन्, आफू निर्दोष हुन्, तर आफै बदला लिन सक्दैनन्, जसले यतिखेर नै बदलाको भावमा आनन्दित महसुश गर्ने हुन्छन, जुन स्वाभाविक हो पनि । यस्ता कुरा केही कर्तव्यविमुख प्रहरी कर्मचारीका कारणले हुने हुन्, तर त्यसले पुरै संगठनप्रति नै दुरभाव पैदा गरिदिन्छन् । यसको निराकरण प्रहरीभित्रको सुद्दिकरण नै हो, जो आवश्यक अनि सम्भव पनि छ ।

तर, एउटा अर्को तप्का पनि छन्, जो प्रहरीको कमजोरीमा आनन्द मान्छन, जसलाई प्रहरीले उसको गल्तीमा कुनैदिन कारवाही गरेका थिए, जुन कानुनतः गर्नुपर्ने पनि थियो । यस्ता अपराधिक प्रवृतिका तप्काले बदलाका लागि प्रहरीको यस्तै कमजोरीहरुलाई इन्तजार गरिरहेका हुन्छन् र यस्तै मौकाको सदुपयोग गरेर यस्ता कुराहरुलाई उछाल्छन, तर अर्को तटस्थ तप्काले यो कुरालाई बुझेका हुदैनन् र तिनीहरुकै लहलहैमा लागिरहेका हुन्छन् र प्रहरीको बारेमा त्यस्तै नकारात्मक धारणा बनाएर बसेका हुन्छन् । अनि प्रहरीको कुनै एउटा दुइटा गैरजिम्मेवार प्रहरी कर्मचारीको कमजोरीलाई नै पुरै प्रहरी संगठनको कमजोरीको रुपमा प्रचार गरिदिन्छन् र मौका पर्नासाथ तटस्थहरुको मञ्चलाई प्रयोग गर्ने अवसर पाए कैलाली जस्ता घटना घटाउन पनि पछि पर्दैनन् । प्रहरीलाई हेर्ने यो पक्षको उद्देश्य र कारण त बुझ्न सकिन्छ तर एउटा अर्को प्रहरीसँगै सरोकार राख्ने अनि प्रहरीको सबलतामा आफ्नो पनि सफलता हुनेहरुको पनि प्रहरीप्रतिको उस्तै खालको सोचाइ चाहिँ अलिक बुझिनसक्नु छ ।

प्रहरी प्रमुखलाई जति आफ्नो प्रहरीको बारेमा कसलाई थाहा हुनसक्छ र ? तसर्थ सरकार अनि गृहप्रशासनको नेतृत्वले बुझ्नैपर्ने कुरा के हो भने, कमजोर प्रहरीले बलियो प्रशासन दिनै सक्दैन ।

सबैले बुझ्नैपर्ने कुरा के हो भने, कमजोर प्रहरीले कसैको हित हुँदैन, हुन्छ भने बलियो प्रहरी (सुव्यवस्था) हुँदा जसको स्वार्थमा असर पुग्छ, त्यसको चाहिँ हित हुनसक्छ । अनि प्रहरीको गिरेको मनोबलले सुव्यवस्था त कायम हुने कुरै भएन । अहिले विभिन्न काण्डको नाममा भटाभट प्रहरी कर्मचारीहरु सजिलै निलम्बित हुँदा पक्कै पनि प्रहरीको मनोबल गिर्ने सम्भावना हुन्छ, अझ अहिले बाहिर आए जसरी प्रहरी प्रमुखको सल्लाह विपरित गहिराइमा नपुगी कसैलाई थप्थ्पाउनको लागि यसरी तालुक मन्त्रालयले समिति बनाउदै सजिलो बाटो अपनाइरहेको हो कि जस्तो देखिन्छ, यसले पक्कैपनि प्रत्युत्पादक परिणाम दिनसक्ने सम्भावना देखिन्छ । प्रहरी प्रमुखलाई जति आफ्नो प्रहरीको बारेमा कसलाई थाहा हुनसक्छ र ? तसर्थ सरकार अनि गृहप्रशासनको नेतृत्वले बुझ्नैपर्ने कुरा के हो भने, कमजोर प्रहरीले बलियो प्रशासन दिनै सक्दैन ।

प्रहरीलाई हिजो पनि यसरी नै प्रहार हुन्थ्यो, अनि प्रहरीको कमजोरीमा रमाउने प्रवृति थियो नै । अझ माओवादी द्वन्द्वको बेलामा त जताततैको प्रहारमा बिचरा प्रहरी बिचरै थिए । माओवादीको मुख्य प्रहार बिन्दु त प्रहरी थियो नै, उसले ठान्थ्यो उसले ल्याउन खोजेको राज्य व्यवस्थाको मुख्य बाधक यहि प्रहरी नै हो, अनि हान्थ्यो त्यहि प्रहरीमाथि नै । उता राज्यव्यवस्थाको ठेक्का लिएर बसेका प्रमुख राजनीतिक पार्टीहरु ठान्थे, माओवादीले प्रहरीलाई त प्रहार गरेको छ नि । तब बिचरा प्रहरी एक्लै लड्थ्यो, अरु त अरु राज्यका अरु अंगहरु पनि प्रहरीमाथि माओवादी प्रहारलाई प्रहरीमाथिको प्रहारको रुपमा मात्रै लिन्थे, आफू माथिको पनि प्रहार हो भनेर कहिल्यै लिदैनथे ।

‘बुझ्नु भो सा’ब, ब्यारेकबाट यसो मर्निङ वाक गयो तल गाउँको चिया पसलमा चिया खान पस्यो, माओवादी बेग्रेल्ती भेटिने, सँगै बसेर चिया खाँदै गफ गर्दा ३/३ राइफल उनीहरु बसेको बेन्चमुनी हुने, अनि ए हामी आएको बेला त यसो लुकाउनु नि भन्थ्यौ, माओवादीहरु हाँस्थ्यो, अनि चिया खाएपछि हात मिलायो छुट्टियो’

युएन मिशन अन्तर्गत पूर्वी टिमोरमा सन् २००१ मा सँगै काम गर्दा तत्कालीन शाही नेपाली सेनाका तत्कालीन मेजरले माओवादी जनयुद्धताका रुकुम बस्दाका घटना फुर्तिकासाथ सुनाउँथे, जुनबेला सेना परिचालन भैसकेको थिएन, सशस्त्र प्रहरी स्थापना भैसकेको पनि थिएन, नेपाल प्रहरी मात्रै युद्ध मैदानमा थिए ‘बुझ्नु भो सा’ब, ब्यारेकबाट यसो मर्निङ वाक गयो तल गाउँको चिया पसलमा चिया खान पस्यो, माओवादी बेग्रेल्ती भेटिने, सँगै बसेर चिया खाँदै गफ गर्दा ३/३ राइफल उनीहरु बसेको बेन्चमुनी हुने, अनि ए हामी आएको बेला त यसो लुकाउनु नि भन्थ्यौ, माओवादीहरु हाँस्थ्यो, अनि चिया खाएपछि हात मिलायो छुट्टियो’, हामीले सोधेका थियौ, ‘अनि त्यहाँको प्रहरीको डिएसपीलाई भन्नु भएन ?’ उनि हाँस्दै भन्थे, ‘किन भन्नु ?’, उनको संकेत थियो, सेनासँग दुश्मनी छैन, प्रहरी कमजोर भए हामीलाई के ?’ जसरी त्यतिखेरका प्रमुखहरु राजनीतिक पार्टीहरु सोच्थे । एकदिन यस्तो दिन आयो–हामी इष्ट टिमोर हुँदाहुँदै बिहानै खबर आयो–शाही नेपाली सेनाको दाङको गुल्ममा माओवादीले आक्रमण गरेर गुल्मपति मेजर सहित १६ जना मारेर ट्रकका ट्रक हतियार पनि लिएर गयो, तिनै मेजरलाई मैले नै फोन गरेर त्यो खबर सुनाए, शुरुमा त उनले मरे पत्याएनन्, उनलाई विश्वास थियो, माओवादीले त प्रहरीलाई मात्रै टार्गेट गर्छ नि ? तर आखिर सेना पनि पनि मैदानमा आउनुपर्‍यो । माओवादीसँग आमनेसामने गर्नै पर्‍यो । आखिर प्रहरी कमजोर भएपछि राज्यको अरु अंग पनि त बाँकि नरहने रहेछ नि !

कालान्तरमा प्रहरी कमजोर भएसँगै सम्पूर्ण राज्य व्यवस्था नै कमजोर हुने हो ।

त्यसैले बुझ्नैपर्ने कुरा शुरु शुरुमा प्रहरीको मात्रै समस्या जस्तो देखिन्छ, अनि प्रहरी मात्रै टार्गेट जस्तो लाग्छ । हुने त्यस्तै हो अनि देखिने पनि त्यस्तै, अनि प्रहरी मात्रै कमजोर भए झैँ लाग्छ । तर, कालान्तरमा प्रहरी कमजोर भएसँगै सम्पूर्ण राज्य व्यवस्था नै कमजोर हुने हो । यसको मतलव यो होइन कि प्रहरीभित्र सोह्रै आना ठिक छ भन्ने पनि होइन, केही कुहिएका आलु पक्कै छन्, तर पुरै बोरा चाहिँ कुहिएको छैन । त्यहाँ धेरै राम्रा राम्रा आलु पनि छन्, अझ भनौँ राम्रा राम्रा बिउ आलुहरु पनि छन्, ती कमजोर हुनुहुन्न । तसर्थ, पुरै बोरामाथि एकोहोरो प्रहार हुनुहुन्न, अर्थात एउटा–दुइटा कुहिएको आलुको नाममा पुरै बोरालाई जथाभावी हानेर थिलथिलो पार्नु हुन्न ।

-लेखक नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक हुन

प्रतिक्रिया
सम्बन्धित