मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

दैनिक नेपाल २०७५ असोज ४ गते १२:१७

नेपालगञ्ज, ४ असोज । नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ ।

नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतिर २०० मिटर धावनमार्ग बनाउने तयारी भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

विमानस्थल स्तरोन्नतिका लागि ढाँचा बनाउने काम भइरहेको छ । दुई महिनामा यो काम सकिएपछि बोलपत्र प्रक्रिया अघि बढ्ने निर्देशक ठाकुरले जानकारी दिनुभयो ।

यसैगरी, विमानस्थल क्षेत्रमा नेपाली सेनाले सञ्चालन गर्दै आएको खाजा घर समेत खाली गराइएको छ । त्यहाँ प्रतिक्षालय कक्ष र व्यवस्थित खाजाघर बनाउने निर्देशक ठाकुरले जानकारी दिनुभयो । –रासस 

प्रतिक्रिया
सम्बन्धित