आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

पूर्वराजदूत झा हत्या काण्डः माली र सुरक्षागार्ड धरौटीमा रिहा

दैनिक नेपाल २०७५ भदौ २९ गते २०:००


काठमाडौं, २९ भदौ । आफ्नै निवासमा हत्या भएका पूर्वराजदूत केशव झाको हत्या आशंकामा पक्राउ गरिएका उनका घरका माली र सुरक्षा गार्ड धरौटीमा रिहा भएका छन् ।

अनुसन्धानका लागि उनीहरुसँग यथेस्ट प्रमाण नभएको भन्दै उनीहरुलाई रिहा गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरुलाई आठ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो ।

बबरमहस्थित आफ्नै निवासमा झाको सुतिरहेको ठाउँमा चक्कु प्रहार गरी हत्या भएको थियो । झाको घरमा सुरक्षागार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई प्रहरीले अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित