शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

सर्वोच्चको आदेश विपरित पक्राउ परे ‘प्रकाण्ड’

दैनिक नेपाल २०७५ भदौ २९ गते १९:०८

काठमाडौं, २९ भदौ । नेकपा विप्लव नेतृत्वका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् । शुक्रबार सर्वोच्च बाहिरबाट उनलाई पक्राउ गरिएको हो । उनी शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका लागि सर्वोच्च आएका थिए ।

सर्वोच्चले अवहेनाको मुद्दामा कारबाही गर्ने चेतावनी दिँदै गर्दा शुक्रबार नै ‘प्रकाण्ड’ पुनः पक्राउमा परेका हुन् । उनलाई पटक–पटक पक्राउ गरिएको भन्दै सर्वोच्चले शुक्रबार कारबाहीको चेतावनी दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित